दाङ, असोज ३१ । पुरन्धारा गाविसको वडा नं. ४ र ५ को हंसपुरमा सम्पन्न संयुक्त भेलाले वडास्तरीय चुनाव प्रचार समितिहरु गठन गरिएको छ ।
वडा नं. ५ का अध्यक्ष खड्क केसीको अध्यक्षता एवम् एमाओवादी थारुवान राज्यसमिति सचिवालय सदस्य प्रमोद धितालको प्रमुख आतिथ्यमा भएको भेलाले वडा नं. ४ मा खड्क केसीको संयोजकत्व र वडा नं. ५ मा वीरबहादुर वलीको संयोजकत्वमा ५१/५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि धिताल, थारुवान राज्यसमिति सल्लाहकार कृष्ण केसी, शिक्षक संगठनका राज्यसमिति सदस्य मस्तबहादुर खड्का लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन वडा नं. ५ का अध्यक्ष वीरबहादुर वलीले गर्नुभएको थियो ।
यसैबीच पुरन्धारा गाविस वडा नं. ६ को चुनावी भेला सीतापुरमा सम्पन्न भएको छ । वडा अध्यक्ष डण्डबीर खत्रीको अध्यक्षतामा भएको भेलाले डण्डबीर खत्रीको संयोजकत्वमा १ सय १ सदस्यीय वडास्तरीय प्रचार प्रसार समिति गठन गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि थारुवान राज्यसमिति सचिवालय सदस्य तथा चुनावी कार्यदल पुरन्धारा गाविस इञ्चार्ज प्रमोद धिताल, राज्यसमिति सल्लाहकार कृष्ण केसी, अखिल नेपाल शिक्षक संगठनका राज्यसमिति सदस्य मस्तबहादुर खड्का, जिल्ला सदस्य टंक केसीलगायतले सम्बोधन गर्नुभएको थियो ।