पुरन्धाराका विभिन्न ठाउँमा जनसभा तथा भेटघाट

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 74 Views   ||

दाङ, असोज ३१ । चुनावी अभियानका क्रममा पुरन्धारा गाविसका विभिन्न ठाउँहरुमा एकीकृत माओवादीले चुनावी सभा तथा जनभेटघाट कार्यक्रमहरु सम्पन्न गरेको छ ।

जसअन्तर्गत पुरन्धाराको वडा नं. ८ का गङ्गटे, भाँगाबारी र सिमलकुनामा जनसभाहरु भएका छन् । ती स्थानहरुमा भएका चुनावी सभालाई क्षेत्र नं. ५ का उम्मेद्वार धिरज सेर्पालीले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा उहाँले उत्पीडित वर्गका हकअधिकारहरु नयाँ संविधानमा सुनिश्चित गर्न आफ्नो उम्मेद्वारी भएको भन्दै आफू र पार्टीलाई अत्यधिक बहुमतले विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा अनेम संघ (क्रान्तिकारी) दाङकी कोषाध्यक्ष शोभा खड्काले महिलाहरुको उत्पीडनको अन्त्य माओवादी नेतृत्वमा लेखिने संविधानमार्फत् मात्र हुनसक्ने बताउनुभयो ।

सभामा सहभागी स्थानीय बासिन्दाले स्वास्थ्य, यातायात, खानेपानीलगायतका स्थानीय सरोकारका विषयहरुमा गम्भीर हुन उम्मेद्वारलाई सुझाव दिएका थिए ।

तर्कबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्ण सुनारले गर्नुभएको थियो ।

यसैबीच वडा नं. ८ कै कप्तानेमा भएको एक भेलाले गीता घर्तीको अध्यक्षतामा २१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

बगरपुरमा सभा

यसैबीच पुरन्धारा गा.वि.स.को वार्ड नं. ८ बगरपुरमा चुनावी सभा भएको छ । स्थानीय युवा नेता सागर खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्र नम्बर ५ माओवादीका उम्मेदवार धिरज सेर्पालीले सम्बोधन गर्नुएको थियो ।

सम्बोधनमा वहाँले एकीकृत नेकपा (माओवादी) का एजेण्डाहरु जनताका एजेण्डा भएकोले माओवादीको विजय सुनिश्चित भएको बताउनुभयो । विभिन्न साँस्कृतिक कार्यक्रमहरुसहित सम्पन्न भएको कार्यक्रमको सञ्चालन मेनुका खडकाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *