दाङ, असोज ३० । एकीकृत नेकपा माओवादीले टरिगाउँ– ७ राइखलियानमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
पार्टीका जिल्ला सदस्य घगिलाल चौधरी ‘राहुल’का बुवा रामफल चौधरीको बुधबार श्रद्धाञ्जली सभा मनाइएको हो ।
मृतकका छोरा घगिलालको अध्यक्षता एवम् क्षेत्र नं. ४ का उम्मेद्वार रामजी चौधरी ‘मिलन’को प्रमुख आतिथ्यमा भएको सभामा राज्यसमिति सदस्य बाबुराम चौधरी, वाइसिएल क्षेत्रीय सयोजक किरण वली, तुलसीपुर नगर इन्चार्ज संगीन चन्द, जिल्ला सदस्य शिव सुवेदी, जगत चौधरीलगायतले मृतक चौधरीको योगदानको चर्चा गर्नुभएको थियो ।