दाङ, असोज ३१ । एकीकृत नेकपा (माओवादी) शान्तिनगर गाउँ कमिटीको बुथस्तरीय बैठक बिहीबार शान्तिनगरमा सम्पन्न भएको छ ।
बैठकले निर्वाचनलाई मध्यनजर गर्दै बुथ तथा विभिन्न विभागहरु गठन गरेको छ । जसअनुसार खगेन्द्र शर्माको सयोजकत्वमा ३१ सदस्यीय बयाले बुथकेन्द्र समिति, शालिकराम बिकको सयोजकत्वमा प्रचारप्रसार समिति, गोपाल वलीको सयोजकत्वमा ३१ सदस्यीय युवा परिचालन समिति, टीकाराम केसीको संयोजकत्वमा सल्लाहकार समिति, सदिराम बस्नेतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ ।
बैठकमा एमाओवादी शान्तिनगर इन्चार्ज राधिका परियार र अखिल (क्रान्तिकारी) जिल्ला सदस्य भीमप्रकाश खरालको उपस्थिति रहेको थियो ।