क्षेत्र नं. २ मा १ सय ७ सदस्यीय युवा परिचालन समिति गठन

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 94 Views   ||

दाङ, असोज ३१ । चुनावी अभियानको क्रममा एमाओवादी क्षेत्र नं. २ को युवा भेला तथा प्रशिक्षण कार्यक्रम बिहीबार घोराहीमा सम्पन्न भएको छ ।

निर्वाचन परिचालन क्षेत्र नं. २ का सह–इन्चार्ज प्रमोद मगरको अध्यक्षता एवम् एमाओवादी केन्द्रीय सदस्य शुकबहादुर रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रमोद मगरको संयोजकत्वमा १ सय ७ सदस्यीय युवा परिचालन २ नं. क्षेत्रीय समिति गठन गरेको छ ।

कार्यक्रममा क्षेत्र नं. २ का एमाओवादी उम्मेद्वार होमबहादुर पुन ‘रोहित’, क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समिति इन्चार्ज लुमबहादुर कार्की ‘बद्री’ लगायतले बोल्नुभएको थियो ।

भेलाको सहजीकरण वाइसिएल दाङका अध्यक्ष रमेश हिताङ्गीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *