एमाओवादी क्षेत्र नं. ४ को चुनावी कार्यक्रम कार्यतालिका सार्वजनिक

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 114 Views   ||

दाङ, असोज ३१ । एकीकृत नेकपा (माओवादी) क्षेत्र नं. ४ ले चुनावी घरदैलो तथा जनसभा कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

४ नं. क्षेत्रस्तरीय निर्वाचन परिचालन समितिको बुधबार तुलसीपुरमा सम्पन्न बैठकले निर्वाचन क्षेत्रभित्रका कार्यक्रमहरुको स्थान र मिति तय गरेको हो ।

निर्धारित कार्यक्रमअनुसार कात्तिक १ देखि ३ गतेसम्म गाविस, वडा र नगरमा आन्तरिक कार्यकर्ता भेला गर्ने, ५ गते तुलसीपुरमा क्षेत्रस्तरीय युवा मार्चपास गर्ने, ६ गते हलवार, ७ गते बिजौरी, ८ गते मानपुरमा चुनावी सभा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ९ गते डुरुवा, १० गते टरिगाउँ, ११ गते उरहरी, १२ गते फूलबारी, १३ गते फूलबारीको वडा नम्बर ५ र ६, १४ गते डुरुवाको १, २ र ८ मा १५ गते टरिगाउँको वडा नम्बर १, २ र ८ मा सभा गर्ने निर्णय गरेको छ ।

४ नं. क्षेत्रीय संयोजक नरबहादुर पुन ‘तारा’को अध्यक्षतामा भएको बैठकमा थारुवान राज्यसमिति संयोजक जगप्रसाद शर्मा ‘अपार’ले संविधानसभाको निर्वाचन अन्तिम वैचारिक लडाइँ भएकाले यसलाई सामान्य नठान्न र पूरै तयारीका साथ चुनावमा होमिन कार्यकर्ताहरुलाई निर्देशन गर्नुभयो ।

नेपाली जनताको हकअधिकार सुनिश्चितता गर्ने एकमात्र विकल्प निर्वाचन हो भन्दै उहाँले परिवर्तन चाहने सबै शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउनुभयो । सो अवसरमा एमाओवादी केन्द्रीय सदस्यद्वय जीवन गौतम र विष्णु चौधरीले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *