एमाले वडा अध्यक्षसहित ४० जना एमाओवादीमा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 86 Views   ||

दाङ, कार्तिक १ । घोराही नगरपालिका वडा नं. ९ का एमाले वडा अध्यक्ष दुर्गा श्रेष्ठ, वडा सदस्यहरु शेरु चौधरी, विष्णु चौधरी, बुद्धि चौधरी, रेशम चौधरी, रमेश चौधरी, खिमबहादुर चौधरी, पतिराम चौधरी, मोहन चौधरी, मनबहादुर चौधरी, कुसुम चौधरी, लबरु चौधरी, सुवास चौधरी, प्रमोद चौधरीलगायत ४० जनाले एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार (आज) बिहान घोराही–९ लेटारमा आयोजित कार्यक्रममा उनीहरु एमाओवादीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमाओवादी नेता एवम् रोल्पा क्षेत्र नं. १ का उम्मेदवार कृष्णबहादुर महरा र दाङ क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्यले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

सो अवसरमा पार्टीले पछि पारिएका समुदायको पक्षमा भन्दा हुने खाने र फटाहाहरुको पक्षमा मात्र काम गर्ने भएकाले आफूहरु एमालेमा बस्नुको कुनै अर्थ नभएकाले पार्टी परित्याग गर्नुपरेको नवप्रवेशी दुर्गा श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *