युएनबिसी क्लव एमाओवादीमा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 72 Views   ||

दाङ, कार्तिक १ । चुनावी अभियानको क्रममा शुक्रबार (आज) घोराही वडा नं. १० को जनभेटघाट कार्यक्रम घोराही–१० नयाँबजारस्थित बालविकास निमाविमा सम्पन्न भएको छ ।

कार्यक्रममा घोराहीस्थित युएनविसी क्लवका अध्यक्ष बुद्धिराम पुनसहित पदाधिकारी र सदस्य गरी १७ जना एकीकृत नेकपा माओवादीमा प्रबेश गरेका छन् ।

एमाओवादीमा प्रवेश गर्नेहरुमा क्लवका उपाध्यक्ष लेखबहादुर केसी, सचिव योगेन खड्का, सदस्यहरु अम्मर रोका मगर, सुशील विसी, आनन्द मानन्धर, पूर्णबहादुर खड्का, हुकुम केसी, युरेन्द्र बुढा, पौलसिंह वली, यज्ञबहादुर खड्का, एरिक पुन, प्रकाश रोका, सुनिल डिसी, एञ्जल डिसी, शरद सेन ठकुरी र हेमन्त रेग्मी रहनुभएको छ ।

नवप्रवेशीहरुलाई एमाओवादी नेता एवम् रोल्पा क्षेत्र नं. १ का उम्मेदवार कृष्णबहादुर महरा र दाङ क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्यले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा एमाओवादी नेता कृष्णबहादुर महरा, एमाओवादी केन्द्रीय सदस्य तथा महिला नेतृ रेखा शर्मा, दाङ क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता वडा नं. १० का अध्यक्ष कृतिमान पुनले गर्नुभएको थियो ।

यसैबीच आजै वडा नं. ६ को कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि नेता महराले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *