एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले शनिबार एमाओवादी निर्वाचन क्षेत्र नं. २ को कार्यालय उद्घाटन गर्नुभएको छ । लक्ष्मीपुर–४ गोग्लीमा पार्टीको निर्वाचन कार्यालय उद्घाटन गर्नुभएको हो ।
२ नं. क्षेत्रीय संयोजक लुमबहादुर कार्की ‘बद्री’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महरा, क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’, क्षेत्रीय सह–संयोजक प्रमोद मगरलगायतले बोल्नुभएको थियो ।
वाइसिएल दाङका अध्यक्ष रमेश हितांगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मीपुर गाविस अध्यक्ष बसन्तराज अधिकारीले गर्नुभएको थियो ।