दाङ, कार्तिक २ । बाघमारेमा सम्पन्न गाविसस्तरीय वाइसीएल भेलाले तुलवीर खड्काको अध्यक्षतामा ६१ सदस्य गाउँ समिति गठन गरेको छ ।
समितिका पदाधिकारीहरुमा उपाध्यक्ष देवेन्द्र कँडेल, कर्णबहादुर केसी, सचिव कविराज खड्का रहनु भएको छ ।
तुलवीर खड्काको अध्यक्षतामा भएको भेलालाई वाइसीएल केन्द्रीय सदस्य डिल्लीराज खड्का ‘आजाद’, मगराँत राज्यसमिति सदस्य मणिकर्ण, थारुवान राज्यसमिति सदस्य शिशिर, थारुवान राज्यसमिति सल्लाहकार मोहन वली, जिल्ला समिति सदस्य गोविन्द भण्डारी, बाघमारे गाउँ समिति अध्यक्ष गोपाल भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो ।
यसैबीच चुनावी अभियानअन्तर्गत तुलसीपुर नगरपालिका वडा नम्बर ८ र गोल्टाकुरी गाविसको वडा नम्बर १ को साङ्ले लामितरा, कालीतरामा पनि जनभेला कार्यक्रम सम्पन्न भएका छन् ।