ढिकपुरमा जनताको स्वागत एवम् जनभेटघाट

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 96 Views   ||

दाङ, कार्तिक २ । चुनावी अभियानको क्रममा शनिबारै ढिकपुरमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

जनभेटघाटका अवसरमा स्थानीय बासिन्दाहरुले संविधानसभाबाटै जनताको संविधान बन्नुपर्नेमा जोड दिएका थिए ।

भेलालाई सम्बोधन गर्दै एमाओवादी क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले जनपक्षीय एजेण्डा एमाओवादीसँग मात्र भएकाले देशको नेतृत्व आफ्नो पार्टीले मात्र गर्न सक्ने बतउनुभयो ।

उहाँले एमाओवादीलाई त्यसका लागि जनमत चाहिएको भन्दै दुइतिहाई बहुमत दिलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा शिवशक्ति सामुदायिक वन समुहका अध्यक्ष दामोदर डाँगीलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दुन्द्राका बुथ संयोजक पिताम्बर डिसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *