गंगापरस्पुरमा जनभेटघाट

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 84 Views   ||

दाङ, कार्तिक २ । चुनावी अभियानकै क्रममा एमाओवादी दाङ क्षेत्र नं. १ का उम्मेदवार नारायणी शर्मा ‘प्रतिक्षा’ले जनभेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ ।

अभियानका क्रममा शनिबार देउखुरीको गंगापरस्पुरका चार स्थानमा कार्यक्रम सम्पन्न भएका हुन् ।

गंगापरस्पुर– १ को नयाँ बस्ती र बुटेनी, वडा नं. २ को पर्सेनी र पर्साका साथै वडा नं. ६ को सुनपुरमा जनभेटघाट कार्यक्रम भएको आस्था केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाओवादी क्षेत्र नं. १ का उम्मेदवार नाराणणी शर्मा ‘प्रतिक्षा’, एमाओवादी राज्यसमिति सचिवालय सदस्य लेखराज रेग्मी, राज्यसमिति सदस्य यमनारायण पोख्रेल ‘विश्वास’, हरि यादव दानबहादुर थापा, कैलाश चौधरीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *