दाङ, कार्तिक २ । एमालेनिकट अखिल नेपाल महिला संघकी पूर्वजिल्ला सदस्य एवम् घोराही नगरपालिकाका पूर्वमेयर अम्मरबहादुर डाँगीकी श्रीमती तिर्था डाँगी र कविर सुनार एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ ।
उहाँहरु दुवैलाई क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो ।
पूर्वमेयर अमर डाँगी क्षेत्र नं. ३ बाट एमाले उम्मेदवारको रुपमा उठ्ने चर्चा चले पनि पछिल्लो समयमा पार्टीले लक्ष्मण आचार्यलाई टिकट दिएको थियो ।
यसैबीच वडा नम्वर ७ मा सावित्रा विकको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरिएको छ ।
समितिका पदाधिकारीहरुमा सचिव सीता विक, कोषाध्यक्ष देवकली पुन र सदस्यहरुमा आसा पुन, शान्ति विक, माया विक, टिका विक, रामशरी विक र दिलु बाँठा रहनुभएको छ ।