उम्मेदवारको मजदूरहरुसँग भेटघाट

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 82 Views   ||

दाङ, कार्तिक २ । चुनावी अभियानका क्रममा एकीकृत नेकपा माओवादी क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले घोराही–७ का मजदूरहरुसँग भेटघाट गर्नुभएको छ ।

एमाओबादी वडा नम्बर ७ का अध्यक्ष साउने नेपालीको अध्यक्षमा भएको कार्यक्रममा मजदुरहरुले राज्यले गाँस, बास र कपासको अनिवार्य व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि पार्टीले आफ्ना समस्याका बारेमा आवाज उठाइदिन आग्रह गरेका थिए ।

उनीहरुले गरिब जनताको जीवनस्तर उकास्न राज्यले लगानी गर्नुपर्ने भन्दै सरकारले सुकुम्बासी समस्या समाधानका लागि सुकुम्बासी परिचय–पत्र दिनुपर्ने माग गरे ।

सो अवसरमा एमाओवादी क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले आफ्नो पार्टी गरिब, सुकुम्बासी र मजदूरहरुको पक्षमा लडिरहेको भन्दै निर्वाचन पनि वर्गीय लडाँइकै एक रुप भएकाले जनताको पार्टी एमाओवादीलाई जिताउन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा एमाओवादी घोराहीनगरका अध्यक्ष प्रमोद शर्मा, वडा.नं. ७, ८ र ९ का इन्चार्ज दयाजी रोकामगर, पूर्ण विक, गिट्टी मजदुर संघकी उपाध्यक्ष फुलमती नेपाली, टोपबहादुर डाँगीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *