एमाले र ड्यासका नेता कार्यकर्ता एमाओवादीमा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 97 Views   ||

दाङ, कार्तिक २ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले अहिलेसम्मका उपलब्धि संस्थागत गर्न र नया उपलब्धिका लागि बाटो खोल्न संविधानसभा निर्वाचन हुन थालेकाले यसलाई जसरी पनि सफल बनाउनुपर्ने बताउनुभएको छ ।

एमाओवादी क्षेत्र नं. २ दाङले लालमटियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहा“ले अघिल्लो संविधानसभा असफल भए पनि त्यसबाट शिक्षा लिंदै दोस्रो संविधानसभा निर्वाचन जसरी पनि सफल बताउनुपर्ने बताउनुभयो ।

‘अहिले संविधानसभा निर्वाचन हुन नदिन ठूलो षड्यन्त्र भएको थियो तर अहिले त्यो प्रवृत्ति पराजति भएको छ’– नेता महराले भन्नुभयो– ‘संविधानसभाबाट संविधान बन्न नसके जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका उपलिब्ध पनि गुम्ने भएकाले जसरी पनि चुनाव गर्नुपर्छ र अहिलेसम्मका उपलब्धि संस्थागत गर्नुपर्छ ।’

इतिहासदेखि पहिचान गुमाएका शोषित उत्पीडित जनतालाई पहिचान दिएर मात्रै जनताको अधिकार स्थापित गर्न सकिने भन्दै उहा“ले अधिकारस“गै सामथ्र्यको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने पार्टीको स्पष्ट नीति रहेको बताउनुभयो । ‘यो कुरा नेपाली जनताले राम्ररी बुझेका छन् र विस्तारै अन्तर्राष्ट्रिय समुदायले पनि
अब नेपालको नेतृत्व एमाओवादीले नै गर्न सक्छ भनेर बुझ्न थालेका छन्’– उहा“ले भन्नुभयो ।

कार्यक्रममा लालमटिया गाविसका पूर्वउपाध्यक्ष धर्मराज अधिकारी, अनेरास्ववियुका केशव भुसाल, ज्ञानु केसीसहित एमाले र कांग्रेसका १८० जना एमाओवादीमा प्रवेश गरेका थिए ।

सभालाई क्षेत्र नम्बर २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’, क्षेत्रीय संयोजक लुमबहादुर कार्की, शिव रोका, रामलाल खनाल, माबुल महमद, प्रमोद मगर, विश्वास शर्मालगायतले बोल्नुभएको थियो । तीर्थराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता सूर्यप्रकाश थापाले गर्नुभएको थियो भने श्यामेश चौधरीले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै एमाओवादी क्षेत्र नं. २ ले गोग्लीमा आयोजित कार्यक्रममा नेकपा–माओवादी थारुवान राज्य सदस्य अम्मर बुढा ‘सन्तोष’लगायतलाई नेता महराले पार्टी प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *