हाँसिपुरमा चुनावी जनसभा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 93 Views   ||

दाङ, कार्तिक ३ । चुनावी अभियानको क्रममा आइतबार (आज) क्षेत्र नं. २ को अभियान टोलीले हाँसिपुरको जबरकोट र रुपाकोटमा जनसभा सम्पन्न गरेको छ ।

एमाओवादी हाँसिपुरका अध्यक्ष गिरिराज बाँठा ‘सिर्जन’को अध्यक्षता एवम् क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’को प्रमुख आतिथ्यमा जनसभा सम्पन्न भएको हो ।

कार्यक्रममा उम्मेदवार पुनले उत्पीडित, उपेक्षित र पछि पारिएका क्षेत्र, वर्ग, लिङ्ग र समुदायका पक्षमा एमाओवादी लडिरहेको भन्दै आफ्नो पार्टीलाई अत्यधिक मत दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाओवादी क्षेत्र नं. २ का संयोजक लुमबहादुर कार्की ‘बद्री’, सह–संयोजक प्रमोद मगर, वाइसीएल क्षेत्रीय संयोजक पर्वतलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन गाविस सचिव असिमले गर्नुभएको हाँसिपुरबाट खिमु बैजालीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *