धर्नाका सबै वडामा भेला

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 83 Views   ||

दाङ, कार्तिक ३ । एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार निर्मल आचार्य ‘बिमल’ले संविधानसभा निर्वाचनपछि संविधान निर्माण र विकासका काम सँगसँगै अघि बढाउने बताउनुभएको छ ।

एमाओवादीले धर्नामा गरेको कार्यक्रममा उहाँले संविधान निर्माणका लागि दुई तिहाइ र स्थिर सरकार गठनका लागि स्पष्ट बहुमत आवश्यक रहेको भन्दै उहा“ले संघीय पक्षधर शक्तिको दुई तिहाई र एमाओवादीको स्पष्ट बहुमतका लागि आफूहरु अघि बढेको बताउनुभयो ।

एमाओवादी क्षेत्र नम्बर ३ ले धर्नाका नौवटै वडामा जनभेटघाट तथा वडास्तरीय भेला गरेको छ । धारपानीबाट शुरु भएको कार्यक्रम गल्लीटोल, दलजीतपुर, नैनवारलगायतका गाउँमा भएको थियो ।

कार्यक्रममा क्षेत्रीय संयोजक श्यामकुमार बुढा ‘चिन्तन’, राज्य सदस्य निर्मल महरा ‘एटम’, राजकुमार कुँवर, झग्गु पुरी, दयाराम नेपाली, हिरा केसी, लोकबहादुर पुन, ऋषिराम आलेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *