मुक्तकमैया र सुकुम्बासी बस्तीमा जनसभा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 87 Views   ||

दाङदेउखुरी, कार्तिक ५ । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् रुकुम क्षेत्र नं. २ का उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले दाङ क्षेत्र नं. १ गोबरडिहा र गंगापरस्पुर गाबिसस्थित मुक्त कमैया र सुकुम्बासीहरुको भेलालाई सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले एमाओवादीले मात्र सुकुम्बासी, भूमिहीन र मुक्त कमैयाहरुको पक्षमा लड्ने भन्दै काङ्ग्रेस एमाले जमिन्दार, शोषक र सामन्तहरुको पक्षमा लड्ने पार्टी भइसकेको बताउनुभयो ।

सुकुम्बासी र भूमिहीनका समस्याहरुलाई सबैभन्दा पहिले सम्बोधन गर्ने कुरा आफ्नो पार्टीको प्रतिबद्धता पत्रमा महत्वका साथ राखिएको बताउनुभयो ।

सुकुम्बासी, भुमिहीन र मुक्त कमैयाहरुलाई पहिचान र प्रमाणिकरण गर्ने, आवश्यक परिचय पत्र वितरण गर्ने, घरबास नभएकाहरुलाई घरबासको साथै स्वास्थ्य, शिक्षा र रोजगारीको ब्यवस्था गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाओवादी केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ का उम्मेदवार नारायणी शर्मा ‘प्रतिक्षा’ले वैकल्पिक ब्यवस्था नगरिकन सुकुम्बासी तथा भूमिहीनका बस्तीहरु उठाउन नहुने बताउनुभयो । सुकुम्बासी तथा मुक्त कमैयाहरुको लागि व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उहाँले बताउनुभयो ।

गोबरडिहामा आयोजित कार्यक्रमको सञ्चालन गाविस अध्यक्ष भक्तु चौधरी र गंगापरस्पुरको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य हरि यादव गर्नुभएको थियो ।

यसैबीच मंगलबार नै क्षेत्र नं. १ का उम्मेदवार नारायणी शर्मा प्रतिक्षाले बेला गाविसका विभिन्न वडामा जनभेटघाट कार्यक्रम गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *