हलवार र उरहरीमा जनभेटघाट

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 87 Views   ||

दाङ, कार्तिक ५ । चुनावी अभियानको दौरानमा एमाओवादी क्षेत्र नं. ४ को टोलीले आज (मंगलबार) हलवार वडा नं. ८ र ९ को संयुक्त भेला उमावि खाद्रेमा सम्पन्न गरेको छ ।

खाद्रे बुथकेन्द्रका संयोजक वीरबहादुर घर्तीको अध्यक्षतामा भएको जनभेटघाट कार्यक्रममा एमाओवादी क्षेत्र नं. ४ का संयोजक नरबहादुर पुन ‘तारा’ले जनपक्षीय संविधान लेखन र देश विकासका लागि एमाओवादीलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा थारुवान राज्यसमिति सदस्य साउने थारु ‘भीषण’, शंकर भट्टराई, श्यामसागरलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक संगठन दाङका कोषाध्यक्ष मोहन थापाले गर्नुभएको थियो ।

यसैबीच उरहरी– २ लमडरुवामा एमाओवादी क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’ले जनभेटघाट तथा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

सो अवसरमा स्थानीयबासीले आफूहरुलाई सिंचाइको निकै समस्या भएको भन्दै निर्वाचन जितेर गाउँमा सिंचाइँको व्यवस्था गरिदिन उम्मेदवार चौधरीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा एमाओवादी थारुवान राज्यसमिति सदस्य कृष्ण बैरागी, वाइसीएल तुलसीपुर नगर इन्चार्ज संगीनलगायते बोल्नुभएको थियो ।

एमाओवादी उरहरी गाविस अध्यक्ष सीता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाविस सचिव केदार आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *