काभ्रेको कमिरेचौरमा चुनावी सभा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 75 Views   ||

दाङ, कार्तिक ५ । चुनावी अभियानको क्रममा एमाओवादी क्षेत्र नं. २ को अभियान टोलीले मंगलबार काभ्रेको कमिरेचौरमा जनसभा सम्पन्न गरेको छ ।

गाविस अध्यक्ष जीवन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. २ का एमाओवादी उम्मेदवार होमबहादुर पुन ‘रोहित’ले पछि पारिएका वर्ग, जाति, लिङ्ग, समुदायको उत्थान र उपेक्षित क्षेत्रको विकासको अगुवाइ एमाओवादीले मात्रै गर्न सक्ने बताउनुभयो ।

एमाओवादी जनपक्षीय संविधान निर्माण र देशको आर्थिक विकासका लागि कार्यनीति नै बनाएर होमिएको भन्दै उम्मेदवार पुनले एमाओवादीलाई स्पष्ट बहुमत दिएर पठाउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा २ नं. क्षेत्रीय संयोजक लुमबहादुर कार्की ‘बद्री’, सह–संयोजक बुद्धिराम पुन ‘प्रमोद मगर’, वाइसीएल क्षेत्रीय संयोजक पर्वत, लोहारपानी गाविस अध्यक्ष भक्तबहादुर ओलीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *