निर्बाचनपछि रोल्पाको काँचुली फेर्छु– महरा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 87 Views   ||

मनिषा श्रेष्ठ
रोल्पा, कार्तिक ६ । एनेकपा माओवादी वरिष्ठ नेता एवम् रोल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कृष्णबहादुर महराले संबिधानसभाको निर्वाचनपछि रोल्पाको काँचुली फेर्ने बताउनुभएको छ ।

चुनावी अभियानको क्रममा आज (बुधबार) रोल्पाको खुङ्ग्री गाविसमा भएको जनसभालाई सम्बोधन गर्दै नेता महराले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

सामाजिक न्याय र तिब्र आर्थिक बिकासको मुद्धा एमाओवादीसँग मात्रै भएकाले आफ्नो पार्टी बहुमतले बिजयी हुने भन्दै महराले समानुपातिक प्रतिनितिन्व र गणतन्त्रको मुद्धा उठाउने पार्टी एमाओवादी नै भएकोले संरक्षण पनि त्यसले नै गर्ने बताउनुभयो ।

विगतको संबिधानसभामा जनताको संबिधान लेख्न चाहे पनि जनताको संबिधान लेख्न अन्य दलले भोटिङमा जान नदिएका कारण बहुमत भए पनि संबिधान नलेखेरै बिगतको संबिधानसभाको अवसान भएको बताउनुभयो ।

एकीकृत माओवादीले पहिचानसहितको संघियता र संघियतासहितको संबिधान निर्माण गर्न चाहेको र त्यहि अनुसार राज्यको पुनरसंचरचना गरिने बताउनुभयो ।

अबको निर्वाचनले जनताको पक्षमा संबिधान लेखेरै छाड्ने जिकिर गर्दै पुर्व गृह एवं उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले रोल्पाको बिकासका लािग आफूसँग गतिलो योजना भएको भन्दै केही बर्षभित्रै बिकास निर्माण, बिद्युत, संचारमा सबैको पहुँच पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बैद्य माओवादीलाई लक्षित गर्दै उहाँले जनताको अधिकार स्थापित र संस्थागर्ने सुनौलो अबसर हुँदा हुँदेै पनि अलग भएर जाँदा जनतामा निराशा छाएको भन्दै जनताको आर्थिक उन्नतीतिर लाग्नेबेला भएकोले एक हुनुको बिकल्प नभएको बताउनुभयो ।

दुइटा माओवादी एक भएमात्र जनताको मुद्धा स्थापित गर्न सकिने भन्दै उहाँले नेकपा–माओवादीसँग एकताको लागि छलफल गरिरहेको पनि बताउनुभयो ।

यसैबीच रोल्पा खुङ्ग्रीका बासिन्दाले महरालाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

आजै खुंग्रीको महेन्द्रीमा भएको चुनाबी सभालाई सम्बोधन गर्न जानुभएका नेता महरालाई मागपत्र पेश उनीहरुले मंसिर ४ गतेको निर्वाचनमा आफूहरुले महरालाई अत्याधिक मतले बिजयी गराउने विश्वास दिलाएका हुन् ।

उनीहरुले मागपत्रमा माडिखोला विद्युत प्रोजेक्ट सफल पार्न, सिँचाईको लागि नहर, खानेपानी, मोटरबाटो बनाउन उल्लेख गरेका छन् ।

सो अवसरमा नेता महराले मागपत्र बुझ्दै खुंग्रीमा २ अरब ६० करोडको जलविद्युत उत्पादनको प्रस्ताव आफैले गरेको र अहिले त्यो प्रक्रियामा अगाडि बढिसकेको जानकारी दिनुभयो ।

उक्त जलविद्युत उत्पादनले पूर्णता पाए सबै रोल्पालीको आर्थिक बिकासमा टेवा पुग्ने उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *