दाङमा यस्तो छ चुनावी भिडण्त

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 72 Views   ||

दाङ, कार्तिक ७ ।  संविधानसभा निर्वाचनका लागि दलका उम्मेदवार एवम् नेता, कार्यकर्ताहरु चुनाव प्रचार प्रसारका लागि गाउँगाउँमा पुगेका छन् ।

आफ्नो चुनाबी एजेण्डा र पार्टीको विचार जनतासम्म पु¥याउन र आफ्नो पार्टीको उम्मेदवार र पार्टीलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गरिरहेका छन् ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र १ बाट एकीकृत नेकपा माओवादीका तर्फबाट केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ चुनावी मैदानमा उत्रिनुभएको छ ।

शर्माको प्रतिद्वन्द्वीको रुपमा नेपाली काग्रेसका तर्फबाट केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, एमालेका तर्फबाट अञ्चल कमिटी सदस्य रेवतीरमण शर्मा, राष्ट्रिय जनमोर्चाका ओमबहादुर केसी, नेकपा मालेका मानबहादुर चौधरी, राप्रपा नेपालका विनोदकुमार केसी, राप्रपाका कमलनारायण चौधरीले उम्मेदवारी दिनु भएको छ ।

क्षेत्र नं. १ मै कांग्रेसका सक्रिय कार्यकर्ता लिलाराम खनालले आफ्नो पार्टीको उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, क्षेत्र नं. २ मा एकीकृत नेकपा माओवादीको तर्फबाट थारुवान राज्यसमिति सचिवालय सदस्य होमबहादुर पुन ‘रोहित’ले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, कांग्रेसका तर्फबाट महासमिति सदस्य सुशीला चौधरी, एमालेको तर्फबाट पूर्वसभासद् शान्ता चौधरी, राष्ट्रिय जनमोर्चाका शशीधर भण्डारी, नेकपा मालेका गोविन्द केके, राप्रपा नेपालका कर्णबहादुर केसी, राप्रपाको तर्फबाट लुमाकान्त कुँवरले उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नं. ३ मा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य निर्मल आर्चाय ‘विमल’, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु खनाल, नेकपा एमालेका अञ्चल कमिटी सदस्य तथा दाङका पूर्वअध्यक्ष लक्ष्मण आचार्य, राष्ट्रिय जनमोर्चाका कृष्ण राना, नेकपा मालेका नेत्रप्रकाश पाण्डे, राप्रपा नेपाल टिकाराम सिजुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितप्रसाद पोख्रेलले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी क्षेत्र नं. ४ बाट एकीकृत नेकपा माओवादीका थारुवान राज्यसमिति सचिवालय सदस्य रामजी चौधरी ‘मिलन’, नेकपा एमालेका केन्द्रीय सचिव शंकर पोख्रेल, कांग्रेसका महाधिवेशन प्रतिनिधि बुद्धिराम भण्डारी, राष्ट्रिय जनमोर्चाका भरत भण्डारी, नेकपा मालेका महेन्द्र शाह, राप्रपा नेपालकी कमला न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका छोटीलाल थारु क्षेत्र नं. ४ बाट दोश्रो संविधानसभाको लागि प्रत्यक्ष बाट लड्न थालेका छन् ।

क्षेत्र नं. ५ मा एकीकृत माओवादीका थारुवान राज्यसमिति सचिवालय सदस्य धिरज सेर्पाइली, कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, एमाले जिल्ला सदस्य उत्तर कुमार वली, राष्ट्रिय जनमोर्चाकी कमला जिसी, नेकपा–मालेबाट हिमलाल चौधरी, राप्रपा नेपाल, प्रमोद बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट श्रीमणि न्यौपाने चुनावी मैदानमा उत्रिएका छन् ।

यी पार्टीहरुका अतिरिक्त केही नयाँ पार्टीहरुले पनि दाङमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच दाङबाट दाङका १ सय १३ उम्मेदवार मध्ये २३ जना महिला उम्मेदवारहरु रहेका छन् । जिल्लामा एकीकृत माओवादीले १, कांग्रेसले २ र एमालेले १ जना महिलालाई उम्मेदवार बनाएको छ भने बाँकी १७ जना साना पार्टीका छन् ।

एकीकृत माओवादीले क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’लाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले क्षेत्र नम्बर २ बाट पूर्व सभासद् शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, कांग्रेसले क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य पार्वती डिसी चौधरी र क्षेत्र नम्बर २ बाट महासमिति सदस्य सुशीला चौधरीलाई उम्मेदवार बनाएको छ ।

स्वतन्त्र उम्मेदवारी दिनेमा क्षेत्र नम्बर ३ बाट विष्णु बुढाथोकी र ४ बाट चन्द्रकली बुढाथोकी रहनुभएको छ ।

स्रोतका अनुसार क्षेत्र नम्बर ४ बाट उमेदवारी दिएकी चन्द्रकली बुढाथोकी एमाले क्षेत्र नं. ४ निर्वाचन परिचालन समितिका संयोजक एवम् युवा संघ दाङका अध्यक्ष मनोहर बुढाथोकीकी श्रीमती हुनुहुन्छ ।

उहाँलाई स्वतन्त्र उम्मेदवारको रुपमा उभ्याएर राज्यकोषको सुविधा लिएर एमाले सचिव शंकर पोख्रेललाई सघाउने चालबाजी रहेको स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *