सैघाको होडबाङमा जनसभा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 106 Views   ||

दाङ, कार्तिक ७ । चुनावी अभियानको क्रममा एनेकपा (माओवादी) क्षेत्र नं. २ को टोलीले सैघा–७ होडवाङमा गाविसस्तरिय जनसभा गरेको छ । जनसभालाई क्षेत्र नं. २ का उम्मेद्वार होमबहादुर पुन ‘रोहित’ले सम्बोधन गर्नुभएको छ ।

सैघा गाविस अध्यक्ष उदय विकको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. २ का सह–संयोजक बुद्धि पुन ‘प्रमोद’, थारुवान राज्यसमिति सदस्य अम्मर बुढा ‘सन्तोष’, जिल्ला सदस्य धर्मराज अधिकारी, अखिल नेपाल शिक्षक संगठन सैघाका अध्यक्ष मोतीलाल रायमाझीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कांग्रेसका सक्रिय कार्यकर्ता हुमा थापा र लुद्रबहादुर गिरी र एमालेका प्रेमबहादुर थापा, अमरराज पुन, मोहनसिंह थापा, सुकलाल विक, भुपलाल पुन, राजकुमार रोका, नरबहादुर नेपालीलगायत २५ जनाले एमाओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुनले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *