दाङ, कार्तिक ७ । चुनावी अभियानअन्तर्गत एमाओवादी क्षेत्र नं. ३ ले आज बिहीबार घोराही नगरपालिका वडा नं. ७, ८ र ९ संयुक्त जनसभा वनगाउँमा समपन्न गरेको छ ।
कार्यक्रममा क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले आचार्यले परिवर्तन पक्षधर एमाओबादीलाई दुई तिहाई बहुमत दिएर जनताको अधिकारसहितको संघीयता र देशको आर्थिक समृद्धिका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ३ नं. क्षेत्रका संयोजक श्यामकुमार बुढा ‘चिन्तन’ संविधानसभाको निर्वाचन वर्गीय लडाइँकै एक रुप भएको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि उत्पीडित, उपेक्षित वर्गले संविधानमा आफ्ना हकअधिकार सुनिश्चित गर्न आफ्ना प्रतिनिधि पठाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा नं. ७, ८ र ९ का इन्चार्ज दयाजी रोका मगरले गर्नुभएको थियो ।
यसैबीच आजै उम्मेदवारसहितको अभियान टोलीले घोराही वडा नं. १० र ११ मा घरदैलो अभियान सम्पन्न गरेको छ ।