दलहरुको चुनावी अभियान घरदैलोमा केन्द्रीत

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २८, २०७०       | 144 Views   ||

संविधानसभा निर्वाचन नजिकिदै गर्दा दलहरु आ–आफ्ना उम्मेदवारहरुसहित राजनीतिक एजेण्डा, चुनाव चिन्ह लिएर भोट माग्दै मतदाताहरुलाई भेट्न गाउँ–गाउँमा पुगेका छन् ।

 एमाओवादी घरदैलोमा व्यस्त

bimal 2दाङ । संविधानसभा निर्वाचन नजिकिदै जाँदा एकीकृत नेकपा (माओवादी) दाङले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी सभा तथा घरदैलो अभियानलाई तीव्र बनाएको छ ।

चुनावी अभियानको क्रममा एमाओवादी क्षेत्र नं. १ को अभियान टोलीले शनिबार चैलाहीको लमही बजारलगायत विभिन्न टोलमा घरदैलो तथा साँस्कृतिक कार्यक्रमहरु सम्पन्न गरेको छ । क्षेत्र नं. १ का उम्मेदवार नारायणी शर्मा ‘प्रतिक्षा’को नेतृत्वमा रहेको टोलीले घरदैलो, जनभेटघाट र जनभेला तीव्र बनाएको हो ।

त्यस्तै, १ नं. क्षेत्रको टोली भोलि आइतबार एमाओवादी अध्यक्षसहित मेची–काली जनजागरण अभियानको टोलीले लमहीमा गर्ने सभाको तयारीमा जुटेको छ ।

त्यस्तै शुक्रबार सतबरिया–१ कमानपुरको मुक्तकमैया शिविरमा चुनावी सभा गरेको छ । सभालाई एमाओवादी उम्मेदवार नारायणी शर्मा ‘प्रतिक्षा’ले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै, चैलाही– ३ छोट्के महरवामा लालीगुराँस महिला समूहका महिलासँग उम्मेदवार शर्माले अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ भने लमही बजारमा घरदैलो कार्यक्रम गरिएको छ ।

घरदैलोमा क्षेत्र नं. १ का उम्मेदवार नारायणी शर्मा, समानुपातिक उम्मेदवार लिला शर्मा, एमाओवादीका केन्द्रीय सदस्य राजकमार शर्मा, राज्यसमिति सदस्यहरु ओपेन्द्र शर्मा, लेखराज रेग्मी, विश्वराज आचार्य, शिखर खड्का, नवीनलगायतको सहभागीता रहेको थियो ।

त्यसैगरि क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’को टोलीले शनिबार शनिबार लालमटिया र सिसहनियाँ गाविसको चुनावी अभियानको समीक्षा गर्नुका साथै लालमटियामा अध्यक्ष प्रचण्डसहितको अभियान टोलीले गर्ने सभाको तयारीमा जुटेको क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुनले बताउनुभयो ।

समीक्षा कार्यक्रममा क्षेत्रीय संयोजक लुमबहादुर कार्की ‘बद्री’, राज्यसमिति सचिवालय सदस्य नरेन्द्रमान केसी, वाइसीएल अध्यक्ष रमेश हितांगी, दिपक चौधरी, प्रचार प्रसार संयोजक बादल लगायतले बोल्नुभएको थियो ।

त्यस्तै, उक्त टोलीले शुक्रबार लक्ष्मीपुर वडा नं. ५ सवारीकोटमा जनसभा सम्पन्न गरेको छ । वडा नं. ५ का अध्यक्ष मनिराम पुनको अध्यक्षतामा भएको जनसभालाई एमाओवादी क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’, वाइसीएल दाङका अध्यक्ष रमेश हिताङ्गी, राज्यसमिति सदस्य अमर बुढा, मगर मोर्चा दाङका अध्यक्ष कृतिमान पुन, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष सुमन रोका, एमाओवादी लक्ष्मीपुर गाविस अध्यक्ष बसन्तराज अधिकारी, उपाध्यक्ष सुधार पुन, सचिव चन्द्र परियार लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन रविलाल घर्तीमगरले गर्नुभएको थियो । त्यस्तै उक्त टोलीले वडा नं. १ को मुसकोटमा पनि आजै घरदैलो अभियान सञ्चालन गरेको छ ।

यसैबीच क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य नेतृत्वको चुनावी अभियान टोलीले शनिबार घोराही–५ नवलपुर, बेलघारी, महदेवालगायतका ठाउँमा जनभेला तथा घरदैलो अभियान चलाएको छ भने शुक्रबार घोराही–७ चङ्खेरी, कलमघारीमा घरदैलो र वडा नं. ८ को बडहरामा जनसभा गरेको छ । बडहरामा आयोजित जनसभालाई सम्बोधन गर्दै क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले गरिब श्रमजीवी जनताको पक्षमा संविधान बनाउन एमाओवादीलाई जिताउन अपील गर्नुभयो ।

त्यस्तै, क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्यलाई विजयी बनाउन महिला समूहले प्रचार प्रसार शुरु गरेको छ । शुक्रबार बिहान घोराही–१० लोहासुरबाट शुरु भएको महिला समूहको घरदैलो अभियान मिलनचोक, त्रिभुवनपार्क, पुरानो बसपार्क, झिङ्गौरालगायका करिब १५ सय घरमा पुगेको थियो ।

अभियानमा एमाओवादीका समानुपातिक उम्मेदवारहरु रेखा शर्मा, सुश्मा शर्मा घिमिरे, भीमकुमारी बुढामगर, महिला कार्यकर्ताहरु बालिका शर्मा, प्रतिभा बोगटीलगायतको सहभागीता रहेको थियो ।

चुनावी अभियानको क्रममा क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’को टोलीले शनिबार टरिगाउँ गाविसका विभिन्न टोलका साथै उरहरी– ४ बेलगनार जनसभा गरिएको छ । जनसभामा एमाओवादी क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’, प्रचार विभाग संयोजक गिरीराज केसी, सन्तोष चौधरी, उरहरी गाउँ पार्टी अध्यक्ष सीता चौधरी, सचिव केदार आचार्य, अखिल (क्रान्तिकारी) का पिताम्बर आचार्य लगायतले बोल्नुभएको थियो ।

त्यस्तै, शुक्रबार उक्त टोलीले मानपुर– ४ लक्ष्मीपुरमा चुनावी सभा गरेको छ भने उरहरी–१ कचिला, वडा नं. ४ हेमनगर, वडा नं. २ बेलनिया, गरगरुवा, कचिली र वडा नं. ६ को बेलटाकुरामा घरदैलो अभियान सञ्चालन गरेको छ । मानपुरमा आयोजित सभामा अभियानमा क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी मिलन, क्षेत्रीय प्रचार प्रसार संयोजक गिरिराज केसी, अखिल (क्रान्तिकारी) दाङका उपाध्यक्ष मिनराज ओली, थारु बुद्धिजीवी सन्तोष चौधरीलगायतले बोल्नुभएको थियो ।

यसैबीच चुनावी अभियानको क्रममा क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पालीको नेतृत्वको अभियान टोलीले शनिबार तुलसीपुर–९ अमृतनगर, रामनगर, शिवज्योती टोल, महालक्ष्मी टोल, पशुपतिनगर, श्रीनगर, कामना टोल, दोघरे, दुधेनालगायतका टोलमा घरदैलो गरेको छ ।

शनिबार नै शान्तिनगर–२ मालेचौपारी दलित बस्तीमा भएको भेलामा एमाओवादी नेताहरु पुनम सेर्पाली र राधिका परियारले बोल्नुभएको थियो ।

त्यस्तै, शुक्रबार पञ्चकुले– ८ ढोलकपुर, शान्तिनगर गाविसका भलानेटी, जुम्लेकुला, शान्तिपुर, चिराघाटलगायतका टोलमा युवा मार्चपाससहित घरदैलो तथा जनभेटघाट गरेको छ ।

यसैबीच पञ्चकुले ढोलकपुरका एमाले सक्रिय कार्यकर्ता टेकबहादुर परियारको नेतृत्वमा ११ जना संगठित कार्यकर्तासहित ५५ जनाले एमाओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमाओवादी क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पालीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

त्यस्तै, चुनावी अभियानकै क्रममा क्षेत्र नं. ५ कै पुरन्धारा वडा नं. २ हापुरे र वडा नं. ७ हंसपुरमा एमाओवादी राज्यसमिति सचिवालय सदस्य प्रमोद धितालको नेतृत्वमा आज घरदैलो अभियान सञ्चालन गरिएको छ ।

एमालेको चुनावी अभियान तीव्र

नेकपा एमाले दाङ क्षेत्र नम्वर ३ ले संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो चुनाव प्रचार अभियानलाई तीव्र बनाएको छ ।

चुनावी अभियानका क्रममा शनिबार घोराही वडा नम्वर ५ का अम्बिकेश्वरी, सालघारी, अम्बापुरलगायतका गाउँमा घरदैलो गरेको छ । त्यसैगरी उमेद्वार आचार्यको चुनाव प्रचार टोलीले शनिबार नै घोराही–९ लेटारको सुकुम्बासी बस्तीमा पनि घरदैलो गरेको छ ।

घरदैलोमा एमाले केन्द्रीय सहकारी विभागका सदस्य शम्भु गौतम, एमाले क्षेत्र नं. ३ का इन्चार्ज अम्मर वली, अध्यक्ष दामोदर अधिकारी, क्षेत्रीय सदस्य भरत अर्याल, चित्रबहादुर डाँगी, मित्रदेव अधिकारी, घोराही नगर कमिटी सदस्य कैलाश रोका, युवा किसान संघका केन्द्रीय सदस्य सुदन केसीलगायतको सहभागिता थियो ।

क्षेत्रीय अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै उमेद्वार आचार्यले एमालेको बहुमत आए मात्रै देशले नयाँ संविधान पाउने बताउनुभयो । क्षेत्रीय सदस्य घनश्याम घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको भेलाको सहजीकरण नगर अध्यक्ष केशव न्यौपानेले गर्नुभएको थियो ।

कांग्रेस पनि घरदैलोमा

नेपाली कांग्रेस दाङले जिल्लाका ५ वटै चुनावी अभियानकै क्रममा कांग्रेस क्षेत्र नम्वर ३ ले आज घोराही लगायत आसपासका क्षेत्रमा मोटरसाईकल ¥याली गरेको छ ।

घोराहीस्थित कर्मचारी मिलनकेन्द्रबाट शुरु भएको ¥याली बजार परिक्रमा गरि नारायणपुर तथा गोग्लीसम्म पुगेको थियो । ¥यालीपश्चात् तुलसीपुरचोकमा कोणसभा गरिएको थियो ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा भएको सभालाई क्षेत्र नं. ३ का उम्मेदवार राजु खनालले सम्बोधन गर्नुभएको थियो भने सहजीकरण घोराही नगर सभापति किशोरचन्द्र गौतमले गर्नुभएको थियो ।

यस्तै क्षेत्र नं. ४ का उम्मेदवार बुद्धिराम भण्डारीले शनिबार डुरुवा गाविसका विभिन्न ठाउँमा घरदैलो गर्नुभएको छ । भण्डारीले डुरुवा गाविसको पहली, लुहाडबरा, ड्वाङपुर, पत्खौलीलगायतका ठाउँमा आयोजित चुनावी कोणसभाहरुलाई सम्बोधन गरेको क्षेत्र नम्बर ४ का प्रेस संयोजक नारायण खड्काले जानकारी दिनुभयो ।

कोणसभालाई कांग्रेस नेता शंकर गिरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, महासमिति सदस्यहरु जोगेन्द्र विश्वकर्मा, कृतिबहादुर खड्का, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष अर्जुन योगी, निवर्तमान जिल्ला अध्यक्ष अमरबहादुर खड्का, वीपी चिन्तनका सचिव गोपीनाथ योगी, क्षेत्रीय सहसचिव श्याम योगी, डुरुवा गाविस वडा नं. २ का सभापति भक्तबहादुर रावत, दुर्गा खड्का, ऋषिराज रेग्मी, कृष्णबहादुर केसीलगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तै सौडियार–३ लखुवारमा पनि कांग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । इकाई उपसभापति धनबहादुर पुन, वडा सभापति दुर्गा वलीको नेतृत्वमा घरदैलो गरिएको हो ।

यस्तै क्षेत्र नम्बर १ का उम्मेदवार पार्वती डिसी चौधरी, २ का उम्मेदवार सुशीला चौधरी र ५ का उम्मेदवार दिपक गिरीले पनि आफ्नो क्षेत्रमा घरदैलो गर्नुभएको कांग्रेसले जनाएको छ ।

राजमोको मोटरसाइकल ¥याली

राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नं. ३ ले शुक्रबार सदरमुकाम घोराहीमा चुनावी प्रचारका लागि मोटरसाइकल र्याली सम्पन्न गरेको छ । क्षेत्र नं. ३ की उम्मेदवार कृष्णा रानाको प्रचारका लागि निकालिएको मोटरसाइकल र्याली घोराही बजार परिक्रमा गरी नारायणपुर हुँदै खैरासम्म पुगेको थियो । उक्त र्याली फर्केर नारायणपुर पुगी कोणसभामा परिणत भएको थियो ।

नारायणपुरमा भएको कोणसभालाई जातीय समता समाजका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर नेपाली, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जीएम र राजेन्द्र खरेलले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले देशलाई विखण्डनमा लैजाने शक्तिहरुलाई होइन सिङ्गो नेपालको राष्टिूयता, गणतन्त्रको संस्थागत र संघीयतालाई खारेज गर्नका लागि राजमोका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

त्यसैगरी नारायणपुरबाट मोटरसाइकल र्याली घोराही बजार पुगी कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई उम्मेदवार कृष्णा राना, राष्टिय जनमोर्चाका पूर्वकेन्द्रीय सल्लाहकार सुरेश थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जीएमलगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *