जीवनको नि के परिभाषा ? | गजेन्द्र बोहरा

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 257 Views   ||

Gajendra_Boharaगजेन्द्र बोहरा
सम्पादक, गोरक्ष दैनिक

पत्रकार भएर अहिलेसम्म कति वर्ष बिताउनु भयो ?

– दश वर्ष

पत्रकारहरुको जीवन कस्तो हो जस्तो लाग्छ ?

– जीवनको नि के परिभाषा ? भोग्ने हो ।

पत्रकारिता गर्न सजिलो कि पत्रकार बन्न ?

–पत्रकार बन्न ।

तपाई पत्रकार नभएको भए के बन्नुहुन्थ्यो ?
– पुलिस ।

पत्रकार भनेर समाजले चिन्दाको खुसी र रात दिन पत्रकारितामा खट्नुपर्दा सुन्नुपर्ने परिवारको गुनासो यी दुईलाई कसरी बुझ्नुहुन्छ ?

यसको उत्तर प्रश्न नं. २ मा दिइसकेको छु ।

सम्पादक र सम्वाददाताबीचको सम्बन्ध ?

– भूमिकाको ।

आफूले आफैलाई अन्तर्वार्ता लिनुपर्ने स्थितिमा सबैभन्दा पहिले कुन प्रश्न गर्नुहुन्थ्यो ?

– तपाईंको अन्तर्वार्ता किन गर्ने ? भनेर ।

रिपोर्टिङमा जाँदाको कुनै घटनाले छोएको छ ?

धेरै छन्, यहाँ अट्दैनन् । घटनाले नछोइ बनेका समाचार नि के समाचार हुन्छन् र ?

एउटा पत्रकार राजनीतिसँग कत्तिको नजिक हुनुपर्छ ?

– धेरै नजिक तर पत्रकारिता नै गर्नुपर्छ, राजनीति हैन ।

इन्टरनेटबिनाको पत्रकारिता कस्तो हुन्थ्यो होला ?

– जस्तो इन्टरनेट नभएको बेला हुन्थ्यो ।

एउटा पत्रकार पत्रकारिता गरेरै बाँच्न सक्ने आधार के हुनसक्छ ?

– पत्रकारिता आफैलाई आधार बनाउने हो । बाँच्नै नसके किन गर्ने नि ? समाजसेवा गर्ने तरिका अरु पनि छन् ।

पत्रिका प्रकाशनको अन्तिम चरणमा पुग्दा कम्प्युटर बिग्रियो भने कस्तो हुन्छ ?

– त्यस्तो भा’ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *