उपभोक्ता र व्यवसायीबीच समन्वय हुनुपर्छ

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 111 Views   ||

Hemraj Banjadeहेमराज बञ्जाडे
(अध्यक्ष), दाङ जिल्ला उद्योग वाणिज्य संघ

चार्डपर्व नजिकिदैछन्, उद्योग वाणिज्य संघको अध्यक्षको नाताले आम उपभोक्ता र व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?

उपभोक्ताहरु सधैं सचेत हुनुपर्छ । विशेष गरेर चाडपर्वको बेलामा उपभोक्ता र व्यवसायीबीच विभिन्नखाले समस्या उत्पन्न भएको हामीले विगतमा पनि खबर सुनेका हौं । यस अवधिमा मिठाइका परिकारहरुमा रङ तथा आकर्षक बनाइने भएकाले अखाद्य वस्तु परेको हुन सक्छ । आम उपभोक्ताहरुले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिन जरुरी छ । व्यवसायीहरुमा पनि नियत राम्रो हुँदाहुँदै अञ्जानबश केही कमीकमजोरी भएको हुन सक्छ । जानकारीको अभावमा खानाका परिकारहरुमा अखाद्य वस्तुको प्रयोग भएको हुन सक्छ । यसमा उपभोक्ता र व्यवसायी सचेत हुनुपर्छ । चाडपर्वको बेलामा मात्र होइन बर्षको तीन सय ६५ दिन नै उपभोक्ताहरु यस विषयमा चनाखो हुन जरुरी छ ।

चाडपर्वको बेलामा अलि बढी अखाद्य वस्तुको प्रयोग भएको सुनिन्छ नि ?

हुन त सधैं यस्ता कुराहरु आउँछन् । तर, चाडपर्वको समयमा अलि बढी बिक्री, बितरण हुने र खानाका परिकारहरु, मिठाइको प्रयोग हुने भएकाले यस्ता खबर आएका हुन् । केही व्यवसायीहरुबाट कमजोरी भएको पनि होला । तर कहिलेकाहीं एउटा व्यवसायीले गरेको कमजोरीलाई हेरेर सबै व्यवसायीको मूल्याङ्कन गर्नुहुँदैन ।

चाडपर्वको बेलामा व्यवसायीहरु नै कृत्रिम अभाव सृजना गरेर कालाबजारी गर्छन् भनिन्छ त ?

यसरी सबै व्यवसायीलाई एउटै दृष्टिले हेर्नुहुँदैन । यसका लागि को व्यवसायी कस्तो हो भनेर आम उपभोक्ता र सचेत तप्काले बुझ्नुपर्छ । यसरी कालोबजारी गर्नेहरुलाई हामीले निरुत्साहित गर्नुपर्छ । प्रशासनले पनि यस्ता कुरामा ध्यान दिनुपर्छ । हामी उद्योग वाणिज्य संघको तर्फबाट पनि व्यवसायीहरुलाई यस्ता नराम्रा काम नगर्न सुल्झाइरहेका हुन्छौं ।

भर्खरै उद्योग वाणिज्य संघको टोली काठमाडौंमा डेलिगेशन गएर फर्कियो, डेलिगेशनको प्रमुख उद्देश्य के थियो ?

हामी बजेट आउनुको पूर्वसन्ध्यामा काठमाडौं गएको हौं । चालू आ.ब.को बजेजमा दाङको विकासमा कुनै न कुनै ढंगले बजेट परोस् भन्ने हाम्रो अपेक्षा थियो । दाङमा सभागृह, आद्योगिक क्षेत्र, तुलसीपुर–सुर्खेत सडक, सहिदमार्ग, टरिगाउँ विमानस्थललगायतका अन्य विकास निर्माणका कामलाई पर्याप्त बजेट उपलब्ध होस् भन्ने हाम्रो अपेक्षा थियो । यस विषयमा विभागीय मन्त्रीहरुसँग ्पनि छलफल भयो  । उहाँहरु सकारात्मक देखिनुभयो ।

यस वर्षको बजेटले तपाईंहरुको अपेक्षा कत्तिको पूरा ग¥यो ?

राज्यले जुन किसिमबाट राप्तीलाई हेरिनु पर्दथ्यो त्यो हामीले पाउन सकेका छैनौं । सहिद मार्ग आयोजनाबाहेक अन्य कुनै पनि ठूला आयोजनमा राज्यले ध्यान दिन सकेन । क्षेत्रीय विमानस्थलका लागि दाङ उपयुक्त क्षेत्र हो । यसका लागि बजेटमार्फत् केही न केही बोलिनुपथ्र्याे, त्यो हुन सकेन । समग्रमा साना व्यवसायीको पक्षमा पनि खासै उपलब्धिमुलक कार्यक्रम आउन सकेनन् ।

अध्यक्षमा निर्वाचित भएपछि तपाईका प्राथमिकताहरु के हुन् ?

व्यावसायिक एकता नै हाम्रो पहिलो प्राथमिकता हो । हामीले गत शनिबार नै एउटा बैठक गरेका छौं । त्यो बैठकमार्फत् एउटा समिति बनाएका छौं । व्यवसायीहरु बीच एकता कायम गर्दै क्षमता अभिवृद्धि गरेर आफ्नो व्यवसाय दक्ष बनाउन सकोस् भन्ने हाम्रो अपेक्षा हो ।

अब व्यवसायीले आफ्नो मात्र होइन आम उपभोक्ताहरुको चाहना र अपेक्षा पूरा गर्न सक्नुपर्छ । दाङलाई आर्थिकरुपमा विकास गर्नको लागि व्यावसायिक केन्द्रविन्दुको रुपमा स्थापित गर्नुपर्छ । दाङलाई पश्चिम नेपालकै आर्थिक केन्द्रबिन्दु बनाउन हामीले पहल गर्ने छौं । हाम्रो पहल पूर्ण हुन्छ भन्ने होइन । यो अभियानमा हामीले अवश्य पनि केही इँट्टा थप्नेछौं । कार्य शुरुवात हामीले गर्नेछौं । अहिले नै दाङलाई पश्चिम नेपालकै केन्द्रविन्दु भन्दा अनौठो लाग्न सक्छ । तर, भविष्यमा यो अवश्यै हुनेछ । हाम्रो तीन बर्षे कार्यकालमा सबै हुन्छ भन्ने होइन । यसमा विकाससँग सम्बन्धि चासो राख्ने सबै निकायले ध्यान दिन जरुरी छ ।

दाङलाई पर्यटकीय हिसाबले अघि बढाउनु पर्छ । यसले अर्को व्यवसायिक क्षेत्रको विकास गर्नेछ । पर्यटन विकासका लागि कार्यक्रमहरु अघि बढाउनु पर्छ । हरियाली दाङ र फूलैफूलको सहर बनाउनु पर्छ । यसले वातावरण सन्तुलन कायम गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनेछ । हुन त पर्यटन प्रबद्र्धनका लागि यो मात्रै कारक होइन । आयर्जन वृद्धि गर्न भूमिका खेल्न सक्छ । यसका लागि हाम्रो कार्यकालमा केही हदसम्म काम हुनेछ । संस्थालाई व्यवस्थित रुपमा अघि बढाउनको लागि आर्थिकरुपमा बलियो हुन जरुरी छ । त्यो आर्थिक स्रोत जुटाउन हामीले पहल गर्नेछौं ।

विगतदेखि नै शुरु गरिएको सभागृह निर्माणको कामलाई सार्थकता प्रदान गर्न हामीले विशेष पहल गर्ने छौं । राज्यको तर्फबाट पनि चालू आर्थिक बर्षको बजेट मार्फत हरेक निर्वाचन क्षेत्रमा एउटा खेल मैदान बनाउने भनेर । घोराहीमा एउटा विशाल मेला महोत्सव गर्न सक्ने खालको खेलकुदमा पनि प्रयोग गर्ने सार्वजनिक जमिनको आवश्यकता छ । हामी जमिन खोज्न पहल गर्नेछौं ।

जिल्लामा उद्योगधन्दा खुलिरहेका छन् । योजनाबिना उद्योगधन्दा खुल्दा भविष्यमा वातावरणीय रुपमा हामीलाई समस्या पर्न सक्छ । यसका लागि सबैभन्दा पहिले औद्योगिक क्षेत्र बनाउन हामीले पहल गर्नेछौं ।

टरिगाउँ विमानस्थलमा नियमित उडानका लागि तपाईहरुले खासै ध्यान दिनुभएन भनिन्छ ?

हामीले पनि ध्यान दिएकै छौं । तर, तुलसीपुर उद्योग वाणिज्य संघले यसको नेतृत्व लिएको छ । हामिले सहयोगी भूमिका निर्वाह गरिरहेका छौं । एउटै विषयमा दुइवटा उद्योग संघ अघि बढ्ने भन्ने हुँदैन । यसमा हाम्रो सहयोगी भूमिका रहन्छ ।

हामीले विकासका लागि तुलसीपुर, घोराही वा देउखुरी भनेर विवाद गर्नुहुँदैन । जिल्लाका जुन ठाउँमा भए पनि विकास भनेको सकारात्मक काम हो । विमानस्थल सुचारु भएपछि त्यसको फाइदा तुलसीपुरवासीले मात्र होइन समग्र राप्ती अञ्चलले लिनसक्छ ।

अन्त्यमा थप केही भन्नु थियो कि ?

सबैभन्दा त मेरो बिचार राख्ने अवसर प्रदान गरेकोमा नौलो जनउभार साप्ताहिकलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

मैले विगतदेखि नै व्यवसायीहरु बीच भावनात्मक एकताको कुरा उठाएको छु । व्यवसायीहरु बीच भावनात्मक एकता नहुँदासम्म हामीले आफ्नो अपेक्षा अनुसार काम गर्न सक्दैनौं ।

दाङको समग्र विकासका लागि यस क्षेत्रका सबै पक्षले सहयोग गर्नुपर्छ । राज्य वा उद्योग वाणिज्य संघले चाहेर मात्र पुग्दैन । दाङ पश्चिम नेपालकै आर्थिक केन्द्रविन्दु बन्न सक्ने आधारहरु प्रशस्त छन् । यसका लागि सबैभन्दा पहिले हामीले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । पूर्वाधारको विकास विना अन्य विकास निर्माणको काम गर्न सकिदैन ।

जिल्लामा साना तथा ठूला उद्योग धन्दाहरु खुलिरहेका छन् । ती उद्योगहरुको प्रवद्र्धन गर्नु हाम्रो दायित्व पनि हो । साथै नयाँ आउने उद्योगहरुका लागि हामीले लगानी मैत्री वातावरण तयार गर्नुपर्छ ।
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *