निगमद्वारा रुकुममा नियमित उडान

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 102 Views   ||

salle bimansthal photo– मेगराज खड्का

रुकुम । नेपाल वायुसेवा निगमले रुकुम सल्लेका लागि नेपालगञ्ज र काठमाण्डौंबाट नियमित हवाइ उडान शुरु गरेको छ । निगमले असार १८ गते परिक्षण उडान र त्यसपश्चात् सोही दिनबाटै नियमित उडान गर्ने तालिका सार्वजनिक गरेपछि नियमित उडान गरेको हो ।

२०६९ माघ अन्तिम साता निगमले रुकुमको सल्ले एयरर्पोट कालोपत्रे गर्नको लागि सम्पूर्ण हवाइ उडानहरु बन्द भएको सूचना सार्वजनिक गरेको थियो । कालोपत्रे निर्माणको कार्यले बन्द भएको विमानस्थलमा १७ महिनापछि तारा एयरलाइन्सको जहाजले सफल परिक्षण उडान गरेको थियो । नियमित उडान गर्ने तालिका सार्वजनिकसँगै नियमित उडान भएपछि करिब डेढ बर्ष जहाज चढ्न नपाएका रुकुमेलीहरु खुसी भएका छन् ।

निगमले रुकुमका लागि नियमित उडान शुरु गरेपछि आफु खुसी रहेको स्थानीय गोपाल बिकले बताए । ‘बर्षातको बेला सडक यातायातमार्फत् यात्रा जोखिम र झन्झटिलो हुने भएका कारण पनि यात्रुहरु जहाजको रोजाइ गर्दछन्’ बिकले भने, सडकको स्तरवृद्धि तथा नियमित हवाइ उडान दुबै रुकुमेलीका लागि खुसीको कुरा हो ।’ आकस्मिक खराबी तथा मौसमको प्रतिकूलता बाहेक रुकुममा नियमित उडान हुन अन्य कुनै प्राबिधिक समस्या नरहेको सल्ले बिमानस्थल टावर इन्चार्ज दिपक केसीले जानकारी दिए ।

नियमित उडानसँगै हवाइ यात्रुहरु पनि बढेका छन् । शुरुमा जानकारी नहुँदा थोरै यात्रुहरुमा मात्र उडान भर्ने गरेको भए पनि हाल भनेको समयमा टिकटसमेत प्राप्त गर्न गाह्रो छ । अस्पतालले सिफारिस गर्ने बिरामी, सरकारी कोटासहित बर्षात्का बेला सहज र सजिलोका लागि हवाइयात्रा रोजाइका कारण यस्तो समस्या भएको हो ।

हप्तामा चार दिन उडान निगमका सल्ले सहायक स्टेशन इन्चार्ज रमेश पोखरेलका अनुसार असार ३२ गतेदेखि जिल्लामा तालिका अनुसार नियमित उडान भइरहेको जानकारी दिए । उनका अनुसार तालिकाअनुसार कुनै समस्याका कारण जहाज आउन नसके पनि त्यसको भोलिपल्टै जहाज आउने गरेको छ । ‘जहाज रुकुमबाट सिधा काठमाण्डौं तथा नेपालगञ्ज भन्दा पनि रुकुम आउँदा या जाँदा काठमाण्डौं र नेपालगञ्ज टेकअप गर्ने गरेका कारण जिल्लाबाट पूरा यात्रु राख्न सकिने अवस्था छैन, सहायक स्टेशन इन्चार्ज पोखरेले भने, ‘जसमा कारण कहिलेकाहीं त आधा सिटमात्र रुकुमबाट जाने र आउने हुन्छन् ।’

नेपाल बायु सेवा निगम सल्ले स्टेशन कार्यालयले जारी गरेको सूचनाअनुसार हप्तामा चार दिन उडान हुनेछ । जसमा बुधबार काठमाण्डौं–रुकुम–नेपालगञ्ज, बिहीबार नेपालगञ्ज–रुकुम–काठमाण्डौं, आइतबार काठमाण्डौ–रुकुम–नेपालगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम–काठमाण्डौं रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *