शिक्षक हुन्थें कि ! | बसुन्धरा गौतम

  
  प्रकाशित मितिः बुधबार, भदौ २५, २०७१       | 304 Views   ||

basundhara gautamतपाईं पत्रकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?

मलाई सानैदेखि रेडियोमा समाचार भन्ने रहर थियोे । पत्रकारिताका माध्यमबाटै त्यो रहर मेटाउन सकिन्छ भन्ने लागेर रहर मेटाउनैका लागि पत्रकारितामा लागें ।

पत्रकारितामा लाग्दा परिवारबाट सहयोग कत्तिको पाउनुभयो ?

मेरी आमा छोरीले केही गर्नुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । त्यसैले आमाबाट त्यस्तो असहयोग भएन ।

पत्रकारिता क्षेत्रमा स्थापित हुन कस्तो संघर्ष गर्नुप¥यो ?

धेरै संघर्ष गर्नुप¥र्यो । आर्थिक समस्या, सामाजिक समस्या । त्यतिबेला देशमा चलिरहेको द्वन्द्व लगायतका कारणले गर्दा पेशालाइ निरन्तरता दिन अर्थात् यहाँसम्म आइपुग्न धेरै चुनौति झेल्नुप¥यो ।

महिलाहरुका लागि पत्रकारिता क्षेत्र कति सहज कति असहज ?

यो पेसा महिला पुरुष सबैका लागि त्यति सहज छैन । तर पनि सामाजिक, आर्थिक कारण र महिलाको दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने बाध्यताका कारण पुरुषलाई भन्दा अझ हामी महिलालाई असहज छ ।

तपाईं महिला भएकै कारण पत्रकारिता गर्दा झेल्नुपरेको कुनै दुखद क्षण ?

म महिला भएकै कारण आफूले त्यस्तो महसुुस गर्ने गरी त्यस्तो दुखद क्षण त झेल्नुपरेन । तर जब म आमा बनें, त्यतिबेला मेरा बच्चाबच्चीको अधिकार मेरो पेसाका कारण खोसिएको अर्थात् कटौती भएको महसुस गरे । त्यसले मलाई पीडाको महसुस भयो । त्यो नै दुखद क्षण लाग्छ मलाई ।

आफूले गरेको पत्रकारितामा सबैभन्दा खुसी र सन्तुष्ट बनेको क्षण ?

नेपालमा विधवा महिलाले चलाएको आन्दोलन अझ दाङबाटै भएको त्यसको शुरुवातको विषयलाई मिडियामा ल्याएपछि साँच्ची दाङमा मात्र होइन नेपालभर नै विधवा महिलाहरु संगठित भए । त्यो आन्दोलन सफल भयो । त्यसको सफलता थुपै्रमध्येको एउटा मीठो सन्तुष्टिको क्षण हो ।

घर व्यवहारको उत्तरदायित्व र सक्रिय पत्रकारिता ! समयको व्यवस्थापन कसरी गरिराख्नु भएको छ ?

यो एकदमै कठीन छ । तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैं समयसँग चल्न घरदेखि पत्रकारिता क्षेत्रको काम गर्न मैले दिन रात नभनी ती सबैलाई व्यवस्थापन गरि मिलाएर काम गर्ने प्रयास गरेकी छु । तैपनि अझ चाहे जति घर परिवार र पत्रकारिता क्षेत्रलाई लिन सकिराखेको छैन ।

पत्रकारिता र घरव्यवहार सम्हाल्नेमध्ये कुन काम कठिनजस्तो लाग्छ ?

दुइटै बेग्ला बेग्लै क्षेत्र मेरो जीवनका अति महत्वपूर्ण पाटा हुन् । यी दुवैलाई सम्हाल्न मेरो उत्तिकै सक्रियता रहने गर्छ । म यी दुइटै पाटोलाई सँगसँगै ािन चाहन्छु । त्यसैले यी दुइटामध्ये एउटालाई छुटाएर हिड्न पनि सक्दिनँ । त्यसैले मेरा लागि दुबै उत्तिकै महत्वपूर्ण र कठीन काम हुन् जस्तो लाग्छ ।

पत्रकारिता गर्दा पाठक वा स्रोताबाट कतिको प्रतिकृया, सुझाव र माया पाउनुभएको छ ?

अथाह माया, सुझाव र प्रतिक्रिया पाएकी छु । र, आजसम्म पनि यही क्षेत्रमा रमेर बस्न सकेकी छु ।

पत्रकारिता रोजीरोटीको रोजगार कि समाजका लागि केही गरिरहेको छु भन्ने आत्मसन्तुष्टि ? तपाईंलाई के लाग्छ ?

यो मेरा लागि रोजीरोटी पनि हो । मैले यसबाट आफ्नो रोजीरोटीको बन्दोबस्त पनि गर्न सकेकी छु । अर्कोतिर समाजका लागि पनि केही गरिरहेकी छु जस्तो लाग्छ । त्यसैले पहिले त नभनौं, अहिले पत्रकारिता मेरा लागि दुबै हो ।

पत्रकारिताको समाजसँग कस्तो सम्बन्ध हुनुपर्छ जस्तो लाग्छ ?

एकदमै नजिकको सम्बन्ध हुनुपर्छ । किनकि हामी समाजका उपज हौं, समाजका लागि काम गर्नु हाम्रो कर्तव्य हो । तसर्थ समाजको आवश्यकतालाई पूरा गर्नतर्फ हाम्रो आवाज र कलम चल्नुपर्छ ।

पत्रकारिता क्षेत्रमा पुरुष साथीहरुबीचको प्रतिष्पर्धामा तपाईं आफूलाई कुन ठाउँमा उभ्याउनुहुन्छ ?

म कसैसँग प्रतिष्पर्धा गर्ने मान्यता राख्दैन । पत्रकारिता पेसा प्रतिष्पर्धा गर्ने पेसै होइन भन्छु म त । समाजलाई सही बाटोमा डो¥याउन खबरदारी गर्ने, चनाखो गराउने, सही सूचना दिने काम हो पत्रकारिता । मैले त्यो काम पूरा गरेकी छु जस्तो लाग्छ । अर्थात् पत्रकारिताको आस्था र निष्ठामा रहेर पत्रकारिता गरिरहेकी छु । यो तँछाडमछाड, को भन्दा के कम भन्ने प्रतिष्पर्धा गर्ने क्षेत्रको रुपमा मैले हेरेकी छैन ।

पत्रकार नभएको भए के हुनुहुन्थ्यो ?

सायद शिक्षिका हुन्थें होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *