काम गर्ने केटी

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 142 Views   ||

लेखक : भितल राजन
अनुवादक : महेन्द्र महक

‘आज साँझ लक्ष्मी घरमा बस्ने छैन है । उसलाई अन्यत्र कतै पठाउनु पर्छ ।’ शर्माजीले भन्नुभयो ।

‘किन बस्ने छैन ?’ श्रीमतीजीको चुनौतीपूर्ण बोली । ‘कहाँ जानु छ उसलाई ? साँझको समयमा उसलाई म यताउता पठाउन चाहन्न । यो ठाउँ त्यसै पनि सुरक्षित छैन अचेल । तपाइँलाई के थाहा यो टोलका मान्छे कस्ता–कस्ता छन् । अहँ, हुँदै हुन्न । ऊ कतै जान्न ।’

‘तिमी कुरा किन बुझ्दिनौ हँ ?’ शर्माजीले दिक्क हुँदै भन्नुभयो । ‘तिमीले कहिले पो मेरो कामबारे बुझ्ने प्रयास गरेकी छौ र ? केही विदेशी पाहुनाहरु आज साँझ यहाँ आउँदै छन् । रामुले उनीहरुलाई एयरपोर्टबाट सिधै यहाँ ल्याएर आउने छ । एक घन्टाको भेटघाट हो । त्यसपछि त म आपैmले उनीहरुलाई ‘तपाइँहरु कस्तो होटेलमा बस्न रुचाउनुहुन्छ ?’ भनी सोधिहाल्छु नि । आखिर तिनीहरु यहाँ बस्ने पनि होइनन् । कुरा त्यति न हो ।’

‘विदेशीहरुको त त्यति डर छैन !’ श्रीमतीले सहज भएको अनुभूति गरिन् । ‘उनीहरुले लक्ष्मीबारे केही चासो राख्ने छैनन् । उनीहरुलाई त ‘हाइफाई’ केटी चाहिन्छन्, तिमी नक्चरा बूढाले पत्रिकामा हेरेकाजस्ता ! लक्ष्मी यहीं बस्छे कहीं कतै जान्न । उनीहरुलाई चिया समोसा कसले पस्किदिन्छ ? मैले त दिन्न, म न तपाइँको नौकरनी हो न त ती विदेशीहरुकी ।’

‘टाँगामा जोतिएको घोडाको नजरजस्तो छ तिम्रो बुद्धि !’ शर्माजीले घोषणा गर्नुभयो । ‘कुरा बुझ्ने कोशिस त गर ! भर्खरै उत्तर भारतमा तिनीहरुले बालश्रमविरुद्धको अभियान सकेर आएका छन् । त्यहाँ बालश्रमिक धेरै डरलाग्दो छ र बच्चाहरुप्रति क्रूरता पनि बढी छ । हाम्रो यताको जस्तो छैन । हाम्रो यहाँ यी अल्छी केटाकेटीहरुले हामीलाई नै ठग्दै आएका छन् । हामीले यिनका लागि पैसा खर्च गर्छौं र यिनीहरु भने जतिबेला पनि खेलेर बिताउँछन् । तर जे भए पनि, लक्ष्मी यहाँ भइदिई भने विदेशीहरुमा गलत सन्देश जान सक्छ । म आफ्नो संस्थाका लागि यतिबेला ‘ठूलै’ सहयोगको अपेक्षा गरिरहेको छु र त्यो कुरा म तिम्रो मुख्र्याइको कारणले गुमाउन चाहन्न । लक्ष्मीलाई शान्ताको घर पठाइदेऊ ।

केही समयको छलफलपछि लक्ष्मीलाई शान्ताको घर पठाउने निर्णय भयो । उसलाई दिन छँदै पठाउने, बस भाडा दिने अनि कहाँबाट कसरी जाने भनी निर्देशन पनि दिने । तर, अर्को दिन पहिलो बसबाट लक्ष्मीले जसरी पनि फर्किनैपर्ने– अर्को दिन कामको थुप्रो लागेको हुनेछ भन्ने कुरामा दुवै जनाको सहमति भयो । शर्माजी अर्को बिहान अफिस जाँदा लक्ष्मीले खुशी हुँदै एक साँझका लागि शान्ताको घरमा जानुपर्ने कुरा स्वीकार गरी । साँझ शर्माजी फर्किदा बेसरी पानी परिरहेको थियो । श्रीमतीजी ढोकामा नै रिसाहा मुद्रामा भेटिइन् ।

‘मैले दिनभरि शान्तालाई फोन गर्ने कोसिस गरें, श्रीमतीले आत्तिदै भनिन्, ‘तर उसको त फोनै लाग्दैन । अमेरिकामा दिनहुँ हिउँ पर्छ र पनि बिजुली फोन केही बिग्रदैन यहाँ हरेक दोस्रो दिन हावा हुरी आउँछ र फोन बिजुली केही बाँकी राख्दैन । यही देशाँ लाग्नुपर्ने यी दशा पनि !’

शर्माजीले कुनै जवाफ दिनुभएन । श्रीमतीले ‘लक्ष्मी जाँदा डराएकी थिइन र आत्मविश्वासी देखिएकी थिई’ भनेपछि शर्माजीलाई केही राहत महसुस भयो । पानीले त त्यसै पनि उसलाई केही फरक पार्ने थिएन । यी गाउँका केटाकेटीहरु धेरै संघर्षशील हुन्छन्, शर्माजीले आप्mनी श्रीमतीलाई आश्वत पार्ने गरी भन्नुभयो, ‘तिमीले थाहा पाउनुभन्दा पहिला नै ऊ आफ्ना फोल्ठामा दुई तीनवटा छोराछोरी बोकेर दैलोमा आउनेछ ।’ उहाँले एयरपोर्टमा फोन गरी फ्लाइट समयमा आइपुगेको वा नपुगेको बुभ्mने कोसिस गर्नुभयो तर लाइन राम्रो थिएन । जुनसुकै बेला पनि विदेशी पाहुनाहरु आउन सक्ने भएकाले रामुलाई एयरपोर्ट पठाउनुभयो र आउनेबित्तिकै पाहुनालाई सिधै घर ल्याउन अह्राउनुभयो ।

एक घन्टापछि श्रीमती शर्माले एक थुप्रो पकौडा पकाइन्, जसमध्ये केही पकौडा शर्माजीले चियासँग स्वाद मानेर चबाउनुभयो । केही पकौडा भने पाहुनाहरुका लागि बाँकी राखिदिनुभयो । तर पाहुनाहरु समयमा नआइपुगेपछि बाँकी पकौडाहरु पनि बिस्तारै सकिदै गए । शर्माजीलाई एक थाली गाली दिदै रातीभरि भूँडी ढाडिने भविष्यवाणी गर्दै श्रीमती किचेनमा फेरि एक थुप्रो पकौडा पकाउन थालिन् । एक्कासी ठूलो गर्जनसहित बिजुली चम्क्यो र टोलमा बत्ती निभ्यो । बाहिरको हावा, हुरी र चट्याङको आवाज दब्ने गरी बेसरी चिच्याउँदै शर्मा दम्पत्तीले घरका भ्mयालढोका बन्द गरे अनि जेनतेन मैनबत्तीको जोहो गरेर टेबुलछेऊ बसेर बिग्रेको मौसम, अबुझ पाहुना, दिक्कलाग्दो एयरलाइन्स अनि राजनीतिमा भ्रष्टाचारबारे गुनासो गरी बसे । जुन कुराहरु उनका समग्र विपतका कारण थिए ।

एक्कासी बिजुली आयो र उनीहरुले फोनले काम गरेको सानो आवाज सुन्न सक्ने भए, जसको रिसिभ बटन दबेको थियो । श्रीमतीजीले फोन ट्राइ गरिन् र खुशी हुँदै घन्टी गइरहेको घोषणा गरिन् । धेरै पटक प्रयास गरेपछि चिन्तातुर मुद्रामा श्रीमानसमक्ष उभिइन् ।

‘मेरो विचारमा शान्ता घरमा छैन ।’ श्रीमतीको भयाक्रान्त बोली । ‘शान्ताले मलाई शिरडी मन्दिर घुम्न जाने योजनामा रहेको कुरा बताएकी थिई । सायद ऊ घरमा ताल्चा मारेर स–परिवार घुम्न गइसकी । त्यसैले उसको घरको फोन उठिरहेको छैन । मलाई भन्दै नभनी यसरी कतै जान्छे होला जस्तो त लागेको थिएन । फोन गर्न खोज्दा पनि लागेन होला सायद । त्यो पनि हुन सक्छ । अब के गर्ने ? के गरौं अब ? त्यो मूर्ख केटी यतिबेरसम्म यो अँध्यारोमा ढोकानेर बसिरहेकी होली । मलाई साह्रै डर लागिरहेको छ । तपाइँ तुरुन्त गएर उसलाई फर्काएर ल्याउनुहोस् त । उसलाई केही भइदियो भने उसको बाबुआमालाई मैले के जवाफ दिने ?’

शर्माजीले आफ्नो घडी हेर्नुभयो । लगभग दस बज्दै थियो । ‘धेरै ढिला भइसकेको छ । र, मसँग आफ्नो गाडी पनि छैन । अनि यस्तो पानी परिरहेको बेला अटो रिक्सा पनि भेट्न गाह्रो छ । त्यतै कतै थान्को लाग्छे राती । अलिकता चिसो होला बाँकी केही हुँदैन !

‘तपाइँलाई त्यो टोल छिमेक कस्तो छ भन्ने कुरा थाहै छैन,’ रोउँलाभैंm गरी बोलिन् श्रीमती । ‘तपाइँलाई केही पनि कुरा थाहा हुँदैन, आफ्नै आँखा अगाडि के हुँदैछ भन्ने कुराको पनि कुनै भेऊ पाउनुहुन्न तपाइँ । त्यो कोलोनीमा बारहरु छन् । साँझ आउने सबै लोग्नेमान्छे रक्सीले मात्तिएका हुन्छन् । अनि मात्तिएका लोग्नेमान्छेले के गर्न सक्छ भन्ने त थाहा होला ?! रक्सी नखाएको बेलामा पनि तिनीहरु राम्रा मान्छे त हुँदै होइनन् । कमजोर र सोझी केटी मान्छेलाई कहिल्यै राम्रो नजरले हेर्दैैनन् तिनीहरु ! झन् हाम्री केटी त त्यसै पनि बतासिएकी छ ! मलाई थाहा छ त्यसको बानी ! दूधवालालाई त्यसले जसरी हेर्छे त्यो कुरा मलाई थाहा छ ! केही भइदिए उसका अभिभावकलाई के जवाफ दिने ?! गाउँबाट उसलाई हाम्रोमा पठाइदिने अंकललाई के जवाफ दिने मैले ? तपाइँ जानु भएन भने म जान्छु !’

श्रीमतीजीले पागलजस्तो भएर चप्पल र छाता खोज्न थालेपछि शर्माजीले त्यो ‘बेवकूफ बेइमान’ केटीलाई आँधीहुरी चलेको भयानक अँधेरी रातमा खोज्न जानुको अर्को कुनै विकल्प छैन भन्ने कुरा बुझिसक्नुभएको थियो । खोज्न जाँदा आइपर्ने समस्याबारे पनि राम्ररी थाहा थियो शर्माजीलाई ! डेढ घन्टाभन्दा बढी समयसम्म उहाँले ट्याक्सी फेला पार्न सक्नुभएन । त्यो नीरव अन्धकारमा बल्लतल्ल भेटिएको अटोवाला पनि रक्सीले मात्तिएको थियो । त्यस्तो हुरी चलेको रातमा पनि उसको सास परैबाट मदिरा गन्हायो । शर्माजीलाई लैजान र फर्काएर ल्याउनका लागि दुईसय रुपैयाँ माग्यो । शर्माजी थाकिसक्नुभएको थियो अनि पैन्ट जति पूरै हिलो माटोमा भिजेको थियो । त्यसैले उहाँ अटोमा सवार हुनुभयो र सम्मानजनक तरिकाले सुरक्षित अटो चलाएमा अटोवालालाई थप दस रुपैयाँ बक्सिस दिने घोषणा पनि गर्नुभयो ।

‘गुरु, म आप्mना ग्राहकहरुप्रति सधैं विनम्र रहेको छु ।’ अटोवालाले इञ्जिन चालू गर्दै भन्यो, ‘आउनुहोस् ! म तपाइँलाई मस्त ठाउँमा लिएर जान्छु । आजको रात तपाइँको जिन्दगीको सबैभन्दा रंगीन रात हुनेछ ।’

‘अरे भाई ! म एक जना बिरामी मान्छेलाई लिन जाँदैछु । मोजमस्ती गर्न होइन । त्यसैले होस पु¥याएर अटो अलि फास्ट कुदाऊ ।’

अटोवाला द्रवीभूत भयो । उसले अटो बेतोड गतिमा दौडायो । मानौं कि ऊ महत्वपूर्ण मिसनमा थियो । नीरव अन्धकारमा अटो हिलाम्य माटोमा उफ्रिदै शर्माजी माथि हिलो छ्याप्दै दौडिरह्यो । अटो खाडलहरुमा बारम्बार झट्का खान्छ, उफ्रिन्छ र हरेक पटक अटोवाला सरकार र भ्रष्ट रानीतिज्ञहरुलाई गाली गर्छ । शर्माजी शान्ताको कोलोनी पुग्दासम्म पूरै कोलोनी अँध्यारोमा डुबेको थियो । उहाँ शान्ताको फ्ल्याटको ढोकासम्म पुग्नुभयो तर त्यहाँ लक्ष्मी थिइन । त्यो केटी कहाँ गइहोला ? उहाँ अटोवालासँगै तल झर्नुभयो र कुर्सीमा उँघिरहेको चौकीदारलाई भेटाउनुभयो ।

चौकीदार रिसायो र यति राती किन खोज्यो होला भनेर शंका ग¥यो । तर शर्माजी शान्ताको बुबा हो भन्ने थाहा पाएपछि अलि नरम भयो । ‘शान्ता म्याडम दुई दिन पहिला जानुभएको हो । त्यसपछि यहाँ कोही आएको छैन । अहँ, कोही केटी आएकी छैन । यस्तो पानी परिरहेको रातमा को केटी यहाँ आउछे ? घरमा नै होली त्यो

केटी !’ चौकीदारले इन्द्र देवता र अर्जुनलाई नीरव अन्धकारको वर्षात्मा आफ्नो रक्षाका लागि पुकारा ग¥यो र ब्लाङ्केटमा गुट्मुटियो । शर्माजी अब साँच्चै चिन्तातुर हुनुभयो । त्यो केटी कहाँ गई त ? उहाँले केही वर्ष पहिलाको एउटा दुर्घटना सम्झनुभयो । जतिबेला प्राकृतिक कारणले एउटा घरेलु कामदार केटाको मृत्यु भएपछि पूरा गाउँ त्यो केटाको मालिकलाई पिट्न भनी कुर्लेर आएको थियो । हे भगवान् ! भोलि के थाहा ? यही केटीको कारणले शर्माजीले आफ्नो पूरै जिन्दगी बर्बाद पार्नुपर्ने हो कि ? सुटुक्क सहरबाट भागेर गाउँलेको पिटाइबाट बच्न सके पनि करियर त ध्वस्त हुन्छ नै । अटोवाला र शर्माजी भवनको वरपर भौंतारिदै हिडे । शर्माजीले ‘लक्ष्मी’ को नाम चिच्याइ–चिच्याई पुकार्नुभयो । त्यो आवाजले केवल दाँत देखाउने डरलाग्दा कुकुरलाई जिस्काउने बाहेक अर्को कुनै काम गरेन ।

‘तपाइँ त कुनै बिरामी मान्छे हो भन्दै हुनुहुन्थ्यो साहेब !’ अटोवालाले त्यो चिसो रातमा त्यसरी भौंतारिन परेको कुरा मन पराएको थिएन । ‘अहिले भने तपाइँ कुनै केटीको पछि लाग्या कुरा थाहा पाएँ ! तपाइँलाई चाहिने जस्तो केटीको जिम्मा मेरो भयो । कलेज पढेकी मस्त केटी तपाइँ जस्तो मान्छेको लागि ! हुन्छ ? छक्क पर्नुभयो कि ?’

‘ऊ मेरो हराएकी काम गर्ने केटी हो । तिमीले अझैं पनि कुरा बुझेनौ ?’ शर्माजी चिच्याउनुभयो । कुनै पनि किसिमको दुर्घटना हुन सक्छ त्यो पनि यस्तो पानी परिरहेको अँधेरी रातमा । तिमी भने यस्ता घटिया प्रस्तावहरु राख्छौ !’

‘अरे साहेब ! सेक्सका बारेमा त्यस्तो घटिया कुरा केही छैन ।’ अटोवालाले प्रोफेसनल तवरले भन्यो, ‘तपाइँलाई के लाग्छ, तपाइँ कसरी जन्मनुभयो ? आमाबुबाले पूजा गरेर तपाइँलाई जन्माएका हुन् र ? हैन, हैन ! मैले तपाइँको अनादर गर्न खोजेको होइन । त्यो केटी भागी सकी । उनीहरु त्यस्तो गर्छन् पनि यसबाट केही पैसा कमाउँछन् पनि । चिन्ता नलिनुहोस् । ऊ बिहान तपाइँको घरको दैलोमा हुनेछ काम गरिरहेकी । त्यतिबेला उसलाई तपाइँ पिट्न पनि सक्नुहुन्छ रातभरि यसरी सताएकोमा । हुन्छ ?’

यो सल्लाहले शर्माजी ढुक्क हुन सक्नुभएन र अरु थप गल्लीहरुमा खोज्ने सोच बनाउनुभयो । तर जब अटोवालाले तीन सय भाडा लाग्ने कुरा ग¥यो अनि मात्रै मन नलागी नलागी शर्माजी घर फर्किने सोचमा पुग्नुभयो । उहाँ थाक्नुभएको थियो अनि चेकपोस्टमा खानतलासी गरिरहेका प्रहरीबाट पनि दिक्क हुनुभएको थियो किनकि त्यो खोजतलास अर्थहीन थियो । तर घर पुगेर श्रीमतीलाई के जवाफ दिने ? र, लक्ष्मी हराएकोमा भोलि भइपरि आउने परिणाम के हुने र कसरी मुखरित हुने ? यस कुराले झनै तनाव दिएको थियो शर्माजीलाई ।

चार घन्टासम्म पानी परिरहेको चिसो रातमा भौंतारिएर घरमा पुग्दा शर्माजीलाई न्यानो र उज्यालोको अनुभूति भयो । झोला र सुटकेसको थुप्रो ढोका छेऊमै भेटियो । तीन जना विदेशी पाहुनाहरु टेबुल वरिपरि प्लेटभरि पकौडा र चिया खाँदै श्रीमतीसँग गफिदै बसेका थिए । लक्ष्मीले चिया र पकौडा सर्भ गर्दै थिई र श्रीमतीजी जोक सुनाएर पाहुनाहरुलाई हँसाउँदै थिइन् ।

हेन्क, भुसतिघ्रे ज्यान भएको खाकी रंगको हाफ पैन्ट लगाएको मान्छे अलिकता उठेर आफ्नो टोपी हल्लाउँछ । ‘शर्माजी ! तपाइँ त लक्ष्मीलाई बाहिर अँध्यारोमा खोजिरहनुभएको छ भन्ने सुनेका थियौं तर ऊ त यहीं छ, सुरक्षित र शान्त भएर काम गरिरहेकी छ ।’ गर्डले पनि माथि अग्लाइबाट लक्ष्मीको काँधमा धाप मा¥यो । यसमा श्रीमतीले मजाक गरिन् र माहौल अझ रमाइलो बन्दै गयो । प्लेन धेरै डिले भएको थियो र राती अबेर भइसकेकाले बाहिर होटेल खोज्न सम्भव थिएन । त्यसैले त्यो रात उनीहरु त्यही खाली कोठामा आरामसँग सुत्ने भए । श्रीमती शर्माले सबै व्यवस्थापन राम्रैसँग गरेकी थिइन् । लक्ष्मी पनि सहज महसुस गर्दै थिई । अलिकता उसको अफ्ठ्यारो आफ्ना बढ्दै गरेका छातीप्रति थियो । त्यसैले छातीलाई सकभर नदेखिने गरि काम गर्दै थिई । किनकि पिटरले एकतमासले उसको छातीमा हेरिरहेको थियो र यो कुराले उसलाई असजिलो बनाएको थियो ।

अन्त्यमा सबै पाहुनाहरुले हात खुट्टा तन्काए र सुत्न तयार भएको कुरा गरे । हेन्कले लक्ष्मीलाई सयको नोट दिँदै कर्नरको सानो किराना पसलबाट चुरोट ल्याउनका लागि भन्यो । जुन पसल हेन्क फ्रेस हुनका लागि बाहिर आएको बेलासम्म खुलेको थियो ।

शर्माजीले भयावह चिसो रातमा पनि सबै कुरा राम्रै भइदिएकोमा भगवान्लाई सम्झनुभयो । त्यसपछि उनीहरु सबै आरामको निद्रा सुते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *