पहिलो पटक | बसन्त विवश आचार्य

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 164 Views   ||

Basant_bibasपहिलो पटक
घाम भयो कि जून
आँसु भयो कि खुसी
प्रेम भयो कि मुटु
तिमी भयौ कि फूल
धेरै अनुत्तरित प्रश्नहरु वयेली खेल्छन्
पहिलो पटक
जून उदायो कि तिम्रो मुस्कान !?

पहिलो पटक
हाम्रो पिसाबले इञ्जिनियरिङ गरेको बाटोमा
खुसीहरु दौडेर अहिले दिलसम्म पुग्छन्
पहिलो पटक
तिमीले मुटुमा भेटेको ढुङ्गामा
मायालुहरुले ताज महल बनाएछन्
पहिलो पटक
तिम्रो ओठको मुस्कान चोरेर
बतासहरु काराबासमा परेका छन्
पहिलो पटक
तिमीले शीरमा उमारेको फूलले
बगैंचाहरु आत्महत्या गरेछन्
पहिलो पटक
तिमीले गरेको स्पर्शले
मेरो संवेदना चोरेको छ
पहिलो पटक
तिमीले छोयौ या यो बतासले
तिमीले गायौ या कोइलीले
तिमीले बोलायौ या यो खोलाले
म अनभिज्ञ छु
पहिलो पटक
म अनभिज्ञ छु
बाँच्नलाई सास चाहिन्छ या तिमी !?
म पहिलो पटक अनभिज्ञ छु ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *