घोराहीमा आबासको आकर्षण बढ्दै

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 154 Views   ||

Traveler

जनउभार समाचारदाता

कार्तिक ५, दाङ । बसोबासका हिसाबले दाङ सदरमुकामको घोराही राप्ती अञ्चलकै आकर्षक केन्द्र बन्न थालेको छ । राप्तीकै गन्तव्य बन्दै गएको घोराहीमा छ वर्षको अवधिमा झण्डै २ हजार ७ सय नयाँ घर निर्माण भएका छन् । घोराही नगरपालिकाको आर्थिक वर्ष २०६५/६६ देखिपछि ६ वर्षको तथ्याङ्क हेर्ने हो भने यो अवधिमा २ हजार ६ सय ९९ नयाँ घर थपिएका छन् ।

सदरमुुकाम घोराही पछिल्लो समयमा राप्तीकै केन्द्रविन्दुु बन्दै गएको र सुविधाका हिसाबले पनि राप्ती अञ्चलकै सम्पन्न बन्दै गएकाले घर निर्माण बढ्दै गएको नगरपालिकाले बताएको छ । ‘मुुलुुक शान्ति प्रक्रियामा गएपछि यहाँ बसाइ सरेर आउने र घर निर्माण गर्ने काम अत्यधिक बृद्धि भएको छ’, नगरपालिकाका सूचना अधिकारी प्रेम केसीले भन्नुभयो, ‘त्यसका साथै घोराही राप्ती अञ्चलकै आकर्षक सहर पनि बन्दै गएको छ ।’

उहाँका अनुुसार गएको छ वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०६६/६७ मा ५ सय ६५ वटा नयाँ घर निर्माण भएका छन् । त्यस्तै आव ०६५/६६ मा ४ सय २, आव ०६७/६८ मा ४ सय ९, आव ०६८/६९ मा ४ सय ८५, आव ०६९/७० मा ४ सय ४५ र आव ०७०/७१ मा ३ सय ९३ घर निर्माण भएका छन् । यो सँगै सदरमुुकाम (घोराही नगरपालिका) मा घरको संख्या १५ हजार बढी पुगिसकेको छ भने झण्डै ६६ हजार जनसंख्या पुुगेको नगरपालिकाले जानकारी दिएको छ ।

विशेषगरी नगरपालिकाभित्र बसाइ सरेर आउनेहरुमा राप्तीका बढी द्वन्द्व प्रभावित रुकुुम र रोल्पा जिल्लाका छन् भने सल्यान, प्यूठान, अर्घाखाँची, गुल्मी र दाङकै नगरपालिकाभन्दा बाहिरका गाविसहरुबाट पनि आउने गरेका छन् । विगतमा ठूलो अशान्ति भोगेकाहरु अब कुनै समयमा पनि त्यस्तो अवस्था भोग्नुु नपरोस् भनेर र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर प्राप्तीका लागि पनि नगरपालिकाभित्र बसाइ सरेर आउने गरेको सूचना अधिकृत केसीको भनाइ छ ।

अन्य आर्थिक वर्षहरुभन्दा २०७०/७१ मा घर निर्माणको संख्या केही कमी देखिए पनि खासै कमी नआएको नगरपालिकाले बताएको छ । चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै घर निर्माणका लागि ५६ जनाले इजाजत लिएको नगरपालिकाका घर÷नक्सा पास शाखाका नासु शेरबहादुुर थापाले बताउनुभयो । नगरपालिका निर्माण हुुने करीब ९० प्रतिशत पक्की घर नै छन् ।

नगरपालिकालाई आकर्षक र सुविधा सम्पन्न बनाउन सरकार एवं स्वयम नगरपालिका आफै लागेकाले पनि नगरपालिकाभित्र अनेत्रबाट बसाइ सरेर आउनेको आकर्षण बढी भएको नगरपालिकाका कार्यकारी अधिकृत तुुफानसिंह केसीले बताउनुभयो । ‘अहिले पनि नगरपालिका राप्तीमै सुविधा सम्पन्न छ, यसलाई थप सुविधाजनक बनाउन विभिन्न प्रयासहरु भइरहेका छन्’ अधिकृत केसीले भन्नुभयो, ‘त्यो भएर पनि आकर्षण हुुनुु स्वाभाविक हो ।’

घोराही नगरपालिका मध्यपश्चिमकै पहिलो खुुल्ला दिसामुुक्त भइसकेको र अहिले हरितनगर र प्लाष्टिकमुुक्त सहर बनाउने अभियान जारी रहेको उहाँले जानकारी दिनुभयो । मुुलुुककै सबैभन्दा ठूलो चक्रपथ र सबैभन्दा ठूलो अम्बापुुर जग्गा विकास कार्यक्रम नगरपालिकाभित्रै सञ्चालन भइरहेका छन् । यी दुुई योजना सम्पन्न भएमा नगरपालिकामा थप विकास हुुनुुको साथै आकर्षण बढ्ने नगरपालिकाले विश्वास लिएको छ । साथै अहिले घोराही नगरपालिका मात्रै नभइ दाङ जिल्ला नै औद्योगिक विकासमा अघि बढेकाले यहाँको आर्थिक, पर्यटनलगायतका सबैखाले विकास हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *