‘तल्लो जाति’ भनेर नाक खुम्च्याउनेहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 182 Views   ||

binod– विनोद कुमार विक
सचिव, नेपाल सुनचाँदी व्यवसायी संघ, दाङ

आजभोलि के गर्दै हुनुहुन्छ ?

बिहान सटर खोल्ने दिनभर ग्राहकसँग बस्ने, सुनचाँदीको व्यापार गदैमा दिन बितिरहेका छन् ।

व्यवसायमा कहिलेदेखि लाग्नुभयो ?

मैले सानैदेखि सुनचाँदी व्यवसाय गर्दै आइरहेको छु । बाजेको पालादेखि नै यो व्यवसाय शुरु भएको हो । हाम्रो पेशा पुख्र्यौली भएका कारण छोड्न नसक्दा परिवारका सबै सदस्य यही सुनचाँदीकै व्यवसायमा लागेका हांै ।

यस बारेमा अझ भन्नुपर्दा बाजेले मेरा बुबालाई पेशा हस्तान्तरण गर्नुभयो । हँुदा–हुँदा मेरो बुबाबाट ममा हस्तान्तरण भएको छ । बाजे र बुबाले सिकाएको सीपलाई अङ्गालेर अहिले घोराहीमै सुनचाँदीको व्यवसाय गर्दै आइरहेको छु ।

२०४० सालबाट शुरु गरेको सुनचाँदी व्यवसाय आजसम्म चलिरहेकै छ ।

दाङमा कस्तो छ सुनचाँदी व्यवसायको अवस्था ?

दाङमा सुनचाँदी व्यवसाय सन्तोषजनक छ भन्न सकिन्छ । सिजनमा दिनको चार÷पाँच तोला देखि आठ÷नौ तोलासम्मको कारोबार हुँदै आएको छ ।
जिल्लामा सुनको व्यवसाय दैनिक घटबढ भइराख्ने गर्छ । पहिला आर्थिकरुपले सम्पन्न परिवारका मान्छेले मात्र सुनको कारोबार गर्ने गर्थे । अहिले सुनको मूल्य घट्दा विपन्न मान्छेले सुनको प्रयोग गरेको देखिन्न्छ ।

अहिले जिल्लामा सुनको व्यापार, व्यवसाय राम्रै चलिरहेको छ ।

व्यापारीहरु ग्राहकलाई हेरेर सामानको मूल्य गर्नमा खप्पिस हुन्छन् रे नि ?

सुनचाँदीेको व्यापारमा कुनै ग्राहक विशेष हेरेर सामानको मोलमोलाई गरिदैन् । त्यसमा सुनचाँदी व्यवसायी संघ गठन गरिएको छ । संघले नै हरेक दिन सुनचाँदीको मूल्य निर्धारण गर्ने गर्छ । त्यसले गर्दा ग्राहक ठगिनबाट बच्छ । यदि कुनै व्यवसायीले संघले तोकेको दरभन्दा बढी मूल्य गरेर सुनचाँदीको कारोबार गरेको पाइएमा त्यस्ता व्यापारीलाई तत्काल संघबाट कार्बाही गर्ने गरिएको छ ।

व्यवसायमा लागेर कति लाभ र कति नोक्सानी व्यहोर्नुभयो ?

व्यवसायमा लागेर गुमाएको त केही छैन । बरु धेरै कुरा प्राप्त गरेको छु । म गाउँमा हुँदा कसैसँग चिनजान थिएन, व्यवसायमा लागेर धेरैसँग चिना परिचय र सम्बन्ध भयो । त्यो नै मेरो लागि ठूलो लाभ हो ।

व्यवसाय गरिसकेपछि दुई/चार पैसा कमाउनु पनि स्वाभाविक हो ।

समय धेरै बदलिएको छ, मेरा लागि गौरव गर्नलायक कुरा के छ भने हिजोका दिनमा सुनचाँदीको काम गर्दा ‘तल्लो जाति’ भनेर नाक खुम्च्याउनेहरुलाई आज मैले सहयोग गर्न पाउँदा आनन्दको महसुश हुने गर्छ  ।

व्यवसायका साथै सामाजिक कार्यमा आफूलाई कति सक्रिय बनाउनु भएको छ नि ?

व्यापार, व्यवसायबाहेक म केही सामाजिक कार्यमा पनि सक्रिय भएको छु । कुनै गरिबले एक छाक खान पाउँदैन त्यस्ता व्यक्तिका लागि मेरो कमाइको केही प्रतिशत नियमित छुट्याउने गर्छु । अप्ठेरोमा परेका मानिसको चुलो बाल्नका लागि पसलमै काम दिने व्यवस्था गर्दै आएको छु ।

त्यसबाहेक त्रिभुवननगर जेसीजको कार्यकारी उपाध्यक्ष, घोराही बचत तथा ऋण सहकारी संस्थाको कार्य समिति सदस्य हुँदै अहिले जिल्ला सुनचाँदी व्यवसायी संघको सचिवको जिम्मेवारी सम्हालिरहेको छु ।

तपाई सफल व्यवसायी हुनुहुन्छ, नेपालबाट दैनिक बिदेशीरहेका युवाहरुलाई के भन्नुहुन्छ ?

पछिल्लो समय दाङलगायत देशका अधिकांश युवाहरु विदेश पलायन हुँदै गइरहेका छन् । न यस बारेमा राज्यले ध्यान दिएको छ न त अन्य कुनै निकायले नै । त्यसले गर्दा दाङसहित नेपालका युवाहरु दिन, प्रतिदिन विदेशीने क्रम बढेर गएको देखिन्छ । नेपालका सबै युवा जनशक्तिलाई राज्यले शैक्षिक योग्यताअनुसारको रोजगारको व्यवस्था गरिनुपर्छ । सीपमूलक तालिम दिएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी विदेशिने क्रमलाई रोक्दै जानुपर्छ ।

हामीले सुनचाँदी व्यवसायी संघ दाङको पहलमा विदेश जान थालेका युवाहरुलाई लक्षित गरी स्वदेशमै काम गर्न सक्षम बनाउन सुनचाँदीका गहना बनाउने तालिम प्रदान गर्दै आएका छौं  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *