मधु, निशा र सन्तोषको ‘शराब’ बजारमा

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 149 Views   ||

sharabगजल गायिका निशा देसारको एकल आवाज, शराबी गजलकारका रुपमा चिनिएका गजलकार मधु साश्रुको एकल रचना र सुगम संगीतको इतिहासमा आफ्नो छुट्टै स्थान बनाउन सफल संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार पारिएको ‘शराब’ गजल संग्रह बजारमा आएको छ ।

गजल संग्रह ‘शराब’ शुक्रबार राजधानीमा एक समारोहबीच बरिष्ठ गजलकार डा. कृष्णहरि बराल, संगीतकार बुलु मुकारुङलगायतका संगीतकर्मीले लोकार्पण गरेका हुन् । ‘शराब’ को लोकार्पण समारोहमा बोल्दै डा. कृष्णहरि बरालले नेपाली गजलको इतिहासमा यो नै पहिलो शराबी गजल संग्रह रहेको बताउनुभयो ।

सो अवसरमा बरिष्ठ गजलकार ललिजन रावलले आफूले शराब पिएर पनि सराबी गजल लेख्न नसकेको तर मधु साश्रुले सराब नपिएरै लेख्न सकेकोमा तारिफ गर्नुभएको थियो ।
‘शराब’ भित्र रक्सीको पेरीफेरीमा लेखिएका पा“च गजल संग्रहित भएका छन् । जसमा ‘बिरालो पनि शेर हुन्छ शराब पिएपछि, पिरतीको अभाव बिग्रिए म, मैले जे गाए पनि गजल हुन्छ महफिलमा, जबदेखि थाले“ जागीर भट्टीमा र कुनै बहानामा दिल ढलेपछि कति पिए कति’ जस्ता गजल समावेश भएका छन् ।

कार्यक्रममा संगीकार मुकारुङले ‘शराब’ गजल संग्रहले सुगम संगीतको दुनिया“मा एउटा ईंटा थपिएको बताउनुभयो । एल्बमका संगीतकार सन्तोष श्रेष्ठले एल्बममा संग्रहित गजलहरु शराब (रक्सी)बारे भए पनि गजलले कसैलाई रक्सी खान प्रोत्साहन नगरेको बताउ“दै गजल संग्रह सबैले सुन्न लायकको बनाएको बताउनुभयो । कार्यक्रममा निशा देसारले संग्रहमा संग्रहित तीन वटा गजल सुनाउनु भएको थियो ।

एल्बमलाई गोल्डेन क्रियशनले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *