मध्यपश्चिमका डेढ लाख किसान व्यावसायिक खेतीमा

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 182 Views   ||

जनउभार समाचारदाता

दाङ । मध्यपश्चिम, सुुदूरपश्चिम र पश्चिमाञ्चल विकास क्षेत्रका करीब १ लाख ३४ हजार कृषकहरु व्यावसायीकरण हँदैछन् । युुएसएआइडीअन्तर्गत सञ्चालित किसान परियोजनाले पाँच वर्षमा यी विकास क्षेत्रअन्तर्गत २० जिल्लाका यी किसानहरुलाई व्यावसायीकरण गर्न लागेको हो ।

उनीहरुलाई विभिन्न व्यावसायिक सीप तथा तालिम प्रदान गर्दै वैज्ञानिक कृषि प्रणालीतर्फ आकर्षित बनाउँदै व्यावसायीकरण गर्न लागेको परियोजना दाङका संयोजक दिवाकर दवाडीले बताउनुुभयो । ‘परियोजनाको पाँच वर्षीय योजना हो’ उहाँले भन्नुुभयो, ‘जसका लागि अहिले २० वटै जिल्लामा किसान लक्षित कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।’

एक लाख ३४ हजार किसानलाई व्यावसायीकरण गर्न ती जिल्लाहरुमा २० दशमलव ४ लाख डलर लगानी गर्न लागिएको छ । परियोजनाका अनुुसार सबैभन्दा बढी मध्यपश्चिमाञ्चलका दश जिल्लामा ६८ हजार किसानहरुलाई व्यावसायीकरण गर्न लागिएको छ । त्यस्तै सुुदूरपश्चिमका ६ जिल्लाका ४० हजार ८ सय र पश्चिमाञ्चलका ४ जिल्लाका २६ हजार किसान व्यावसायीकरण गर्ने लक्ष्य राखिएको संयोजक दवाडीले जानकारी दिनुुभयो ।

उहाँकाअनुुसार अहिले पाँच वर्षसम्म अर्थात परियोजनाको अवधिभर दाङमा १६ हजार ५ सय किसानलाई व्यावसायीकरण गरिनेछ । जसअनुुसार अहिले दाङका विभिन्न २६ गाविसमा ४ सय ६२ कृषक समूह गठन गरेर किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा अहिलेसम्म गठन भएको कृषक समूहमा ९ हजार ४ सय ५९ किसानहरु आवद्ध रहेको उनले बताए । यस वर्ष मात्रै २० जिल्लामा ४ करोड ६६ लाख १७ हजार रुपैयाँ बढी खर्च गरिदैछ भने दाङमा ४९ लाख ३१ हजार १ सय ६० रुपैयाँ खर्च गरिदैछ ।

परियोजनाअन्तर्गत अहिले किसानहरुलाई टनेल तरकारी खेती, थोपा सिंचाइ, कृषि व्यवसायलाई कसरी बैज्ञानिक र आधुुनिक ढंगले गर्न सकिन्छ, सामूूहिक खेतीलगायतका विभिन्न सीप तथा तालिममार्फत् सशक्तिकरण गर्ने काम भइरहेको छ । जसअन्तर्गत दाङका सतबरिया, बेला, फूलबारी, उरहरी, ढिकपुुरलगायतका गाविसका किसानहरुले व्यवस्थित टनेल तरकारी खेती गर्दै आएका छन् भने उनीहरु समूहमा आवद्ध भएर सशक्तिकरण बन्दैछन् ।

परियोजनाले आफ्नो अवधिभर २० जिल्लामा एकीकृत कृषि कार्यक्रमद्वारा करीब १० लाख नेपाली जनताको आयमा बृद्धि गर्नुका साथै खाद्य सुरक्षाको अनुभूति गराउँछ भन्ने अपेक्षा रहेको युुएसएआइडी किसान परियोजना कलस्टर मेनेजर रविन्द्र पटेलले बताउनुुभयो । ‘परियोजनाप्रतिको किसानको आकर्षणलाई हेर्ने हो भने हामी लक्ष्यमा पुुग्छौं, किसान आफ्नो कृषि व्यवसायलाई व्यावसायीकरण र बैज्ञानिकरण गर्न अत्यन्त उत्सुुक छन्’, पटेलले भन्नुुभयो ।

उक्त परियोजना करीब दुुई वर्षदेखि मध्यपश्चिमका दाङ, बाँके, बर्दिया, दैलेख, जाजरकोट, रुकुुम, रोल्पा, प्युुठान, सल्यान, सुर्खेत, सुुदूर पश्चिमका बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम र पश्चिमाञ्चलका गुल्मी, कपिलवस्तुु, पाल्पा र अर्घाखाँची जिल्लामा सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *