बगरेलाई बुद्ध मानेर भुल ग¥यौं

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 163 Views   ||

Puran 6etri– पुरण क्षेत्री

बगरेलाई तिमीले
बुद्ध मानेर भूल ग¥यौ
कसाहीखानामा मृत्युको ताण्डव
नाच्न छाडेर ऊ
कदापी गुम्बा जाँदैन ।

तिमीले आफ्नो इमान जस्तै
उसमा पनि कसी लगाउने भूल ग¥यौ
र त उसले तिम्रो बथानमा
पालै–पालो एक–एक गरेर
अचानोमा खुकुरी बर्साइरहेछ ।

बगरेको काम थाहा पाउँदा–पाउँदै
ऊ के हो भन्ने कुरा भुल्यौ
अनि उसकै जिम्मामा आफूलाई सुम्पेपछि
तिम्रो शिकारको लागि
खुकुरी नउध्याई के गरोस् त उसले
किनकि
कसाहीखानामा मृत्युको ताण्डव
नाच्न छाडेर ऊ
कदापि गुम्बा जाँदैन ।

आफ्नो जस्तै कञ्चन मन
उसको पनि छ होला भनी भुल ग¥यौ
र त उसले
तिम्रा विरुद्ध फाइदा र घाटाको
अंक गणित तयार पारेको छ
प्रत्येक पल– प्रत्येक घडी
सिलसिलेवार तिम्रा मृत्युका लागि
गोटी चालिरहेकै छ
तिमिले शान्तिका लागि
गुम्बाहरुमा प्रार्थना गरेजस्तो
उसले कदापि गर्दैन
त्यसैले त
बुद्ध बन्ने तिमीसँगको
प्रत्येक सम्झौता उसले तोडिरहेको छ
निर्बलियोदेखि शक्तिशालीसम्म
निमुखादेखि सम्पन्नशालीसम्म
गाउँदेखि राजधानीसम्म
हामी सबैका लागि हुने
जनसंविधान बनाउने
ऐतिहासिक सम्झौता
उसले निरन्तर तोडिरहेकै छ
यसकारण
बगरेलाई तिमीले
बुद्ध मानेर भुल ग¥यौ
कसाहीखानामा मृत्युको ताण्डव
नाच्न छाडेर ऊ
कदापि गुम्बा जाँदैन
ए मित्र तिमी बुद्धिमान छौ भने
बगरेका प्रतिरोधका निम्ति
औजारहरुसहित
आफूलाई तयार राख ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *