समूहका महिलाहरु सामूहिक च्याउ खेतीमा

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 111 Views   ||

chau 2जनउभार समाचारदाता

नारायणपुर । घर खर्च जुटाउने भन्दै त्रिपुर–२ स्थित चारबगियाका महिलाहरु सामूहिक रुपले च्याउ खेती व्यवसायमा लागेका छन् । चारबगियास्थित लालीगुँरास समूहका १४ जना महिलाहरुले सामूहिक रुपमा घर बनाई च्याउ उत्पादन गर्न थालेका हुन् ।

२ लाख ६० हजारको लगानीमा सामूहिक च्याउ उत्पादन शुरु गरेका समूहका ती महिलाहरुलाई घोराहीको लघुउद्यमी संस्थाले २ लाख ८ हजार सहयोग गरेको छ भने बाँकी ५२ हजार उनीहरुले समूहबाट उठाएका छन् ।

बाह्रै महिना च्याउ उत्पादन गरी बिक्री गर्ने हिसाबले महिलाहरु सक्रिय भएर लागेको समूहकी अध्यक्ष शोभा चौधरीले बताउनु भयो । १ बर्षसम्म उत्पादन गरेको च्याउबाट लगानी उठाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । दुई सय पोका च्याउ राखेर उत्पादन शुरु गरिएको र चैत्रसम्म यही राखेको च्याउले उत्पादन दिने र त्यसपछि फेरि अर्को लट च्याउ राख्ने समूहकी सचिव शिवा पोखेल बताउनुभयो ।

घरमा नुन, तेल र छोराछोरीको स्कूल खर्च जुटाउन समूहका महिलाहरुले सल्लाह गरेर उत्पादन थालेको च्याउबाट सोचे जति आम्दानी हुने आफूहरुको विश्वास रहेको समूहकी सदस्य राधा गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्मनिर्भर बन्ने गरी हामी समूहका महिलाहरु सक्रियका साथ च्याउ उत्पादनमा लागेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *