– पुष्कर रिजाल ‘पुष्प’
निःशब्द मौनता चिरेर
गोरेटाका बटुवा जिस्काउँदै
केहीबेर अल्मलाएर उनीहरुलाई
सधैं साँझसँगै अन्धकार डाकी
त्यसैमा
असिम खुसी देखेर त होला
एकोहोरो गाइरहेछन्
वैरागको गीत
यी झ्याउँकीरीहरु
जसरी
मेरो देशमा
गाइँदै आएको छ
संविधानको गीत
साँझपख
अन्धकार अझ गाढा बन्दैछ ।
०००