सिटीहल बनाउन लमही महोत्सव

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 111 Views   ||

लमही । देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा कृषि पर्यटन तथा व्यापारिक पर्यटन महोत्सव चलिरहेको छ । लमही बजारमा अत्याधुनिक सिटी हल र बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय स्तरको कृषि र पर्यटनलाई अगाडि बढाइने उहाँले बताउनुभयो ।

यही पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन गरिने घिमिरेले बताउनुभयो । कुल दुई सय स्टल रहेको महोत्सवमा सबै स्टलहरु व्यापारिक प्रयोजनका लागि बिक्री भएको उहाँको भनाई छ ।

महोत्सवमा स्थानीयस्तरका कला संस्कृति, लोक परम्परा र थारु समुदायको संस्कृतिलाई विशेष प्राथमिकता दिएको घिमिरेले बताउनुभयो । महोत्सवमा स्थानीय कृषकहरुले खेती गरेका लौका, टमाटर, फर्सी, देउखुरीमा व्यावसायिक रुपमा पालिएका माछा, कुखुराको विशेष प्रदर्शनीमा गरिएको छ ।

कुल सात करोडको आर्थिक कारोवार गर्ने लक्ष्यअनुरुप सुरु गरिएको महोत्सवमा ४० देखि ५० लाख रुपैयाँ बचाएर लमहीमा व्यवस्थित सिटीहल र बजारमा सिसी क्यामरा जडान गरिने जानकारी दिनुभयो । महोत्सव अवलोकन गर्न आउने नागरिकलाई दाङ र देउखुरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र देवीकोट मन्दिर, दुमदुमा मन्दिर, रिहार, गोबरडिहाको जंगलकुटी, जखेरा ताललगायतका पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यक्रम समेत देउखुरी उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव आयोजक समितिमा सचिव किरण शाहले जानकारी दिनुभयो ।

महोत्सव अवलोकन गर्ने दर्शकलाई एक रुपैयाँ टिकटमा थप गरिएको शाहले जानकारी दिनुभयो । टिकटमा थपिएको एक रुपैयाँले नाका क्षेत्रमा सञ्चालित एक विपन्न विद्यालयलाई आर्थिक रुपले सहयोग गरिने जानकारी दिनुभयो । यसका साथै महोत्सवमा बाल उद्यान, रोटेपिङ, राप्ती क्षेत्रका स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने शाहले दिनुभयो । महोत्सवको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *