कटुवाखोला पुलको काम सुरु भएन

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 135 Views   ||

दाङ, माघ १० । घोराहीको कटुवाखोलामा पुल निर्माणका लागि शिलान्यास भएको एक महिना पुग्न लाग्दासमेत अझै काम सुरु हुन सकेको छैन ।

गत पुस १२ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले तामझामका साथ पुलको शिलन्यास गरे पनि अझै निर्माणको काम सुरु हुन सकेको छैन । पुल निर्माणका लागि शंकरमाली निर्माण सेवाले ४ करोड १० लाख रुपैयाँमा ठेक्का लगेको छ ।

शिलन्यास भएको २४ दिन बितिसक्दासमेत पुल निर्माणको काम सुरु नहुँदा जनगुनासोसमेत बढ्न थालेको छ । मेसिन व्यवस्थापनमा ढिलाई भएकाले फिल्डको काममा पनि ढिलाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ । तर ठेकेदारलाई बारम्बार ताकेता गरिरहेको र अबको केही दिनमा काम सुरु हुने कार्यालयका सूचना अधिकारी इञ्जिनियर कल्पना अधिकारीले जानकारी दिनुभयो ।

सो खोलामा गत बर्ष नै पक्की पुल बनाउन बजेट बिनियोजन भएको र ठेकेदार छनौट प्रकृयामा भएको ढिलाइले काम नै नभई बजेट फिर्ता भएको थियो । यस्तै, यसै आर्थिक बर्षमा पत्रे खोलामा पनि पुल निर्माणको कुनै सुरुसार भएको छैन । यसैबीच घोराही र तुलसीपुर बजार क्षेत्रमा सडक फराकिलो बनाउने काममा पनि ढिलाइ भइरहेको छ ।

घोराही क्षेत्रमा सडक बिस्तारको काममा पनि सरकारी निकायबीचमै समन्वय हुन नसक्दा समस्या देखिएको छ । उता तुलसीपुरमा पनि पानीका पाइप र बिद्युत पोलका कारण काममा ढिलाइ हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *