दुई विद्यालयमा ल्यापटप वितरण

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 114 Views   ||

दाङ, माघ १० । ग्रामीण वातावरण शिक्षा तथा संरक्षण केन्द्र दाङले दुई विद्यालयलाई ल्यापटप वितरण गरेको छ । प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच पु¥याउन केन्द्रले सहिदस्मृति आवासीय माध्यामिक विद्यालय मानपुर वनकट्टी र जनकल्याण उमावि सिमसुन्दरपुर बाघमारेलाई चार/चार थान ल्यापटप प्रदान गरेको हो ।

सोमबार सहिदस्मृति आवासीय माध्यामिक विद्यालय मानपुर–७ बनकट्टीमा एक कार्यक्रमको आयोजना गरी दुबै विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यता एवम् जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरीक्षक शेरबहादुर विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शर्माले ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।

ग्रामीण वातावरण शिक्षा तथा संरक्षण केन्द्रका कोषाध्यक्ष गणेश वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले ल्यापटपलाई सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्नुभएको थियोे । कार्यक्रममा सहभागीहरुले विद्यार्थीहरु प्रविधिसँग नजिक हुन सके ज्ञान हासिल हुने भन्दै प्रदान गरिएको ल्यापटपको सही सदुपयोग गर्नुपर्ने कुरा सुझाएका थिए ।

सहिदस्मृति आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापक झपिन्द्र पौडेल र जनकल्याण उमावि सिमसुन्दरपुर बाघमारेका प्रधानाध्यापक कृष्णचन्द ठकुरीलाई ल्यापटपसँगै विश्व र नेपालको नक्सासमेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका कार्यक्रम संयोजक गिरिराज महराले गर्नुभएको थियो ।

चिनियाँ फाउन्डेसनको आर्थिक सहयोगमा केन्द्रले विभिन्न विद्यालयहरुलाई ल्यापटप प्रदान गर्दैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *