सिर्जन कार्यमा सहिदका छोराछोरी

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 121 Views   ||

sahid memoप्रशान्त वली

दाङ । दश बर्षे जनयुद्धका क्रममा बुवा सहिद भएपछि अहिले सहिद स्मृति आवासीय विद्यालय मानपुर–७ वनकट्टीमा अध्ययरत प्रेमबहादुर विक भविष्यमा डाक्टर बन्नुका साथै साहित्यमार्फत् समाज परिवर्तन गर्ने इच्छा जाहेर गरे ।

जाजरकोट घर भएका विक दुई बर्षदेखि उक्त विद्यालयमा अध्ययन गर्दै आएका छन् । कक्षा ८ मा अध्ययन गरिरहेका विक विद्यालयले सञ्चालन गर्ने परीक्षामा पाँचौं स्थान हाँसिल गर्दै आएका छन् । कवितामा रुचि राख्ने विकले अहिलेसम्म राष्ट्र प्रेमले ओतप्रोत दुई दर्जन बढी कविता लेखिसकेका छन् ।

उनी भन्छन्, ‘बुबा सहिद भए पनि उहाँको सपना साकार पार्न सदैव प्रयत्नरत छु ।’

यतिबेला सहिद स्मृति आवासीय विद्यालय मानपुरमा अध्ययनरत विद्यार्थीहरु विगतका स्मृतिहरु सम्झिदै आफ्नो व्यथा रचनामार्फत् पोख्छन् । पत्रकारहरुमाझ उनीहरु आफ्ना अविभावक शिक्षक, शिक्षिकाहरु नै भएको बताउँछन् ।

अहिले उक्त विद्यालयमा मध्य तथा सुदूरपश्चिमका सहिद तथा द्वन्द्वपीडितहरुका छोराछोरीहरु अध्ययन गर्दै आएका छन् । कक्षा १० मा अध्ययन गरिरहेकी १५ बर्षीय सविताले केही समयअघि ‘कोपिला’ शीर्षकको कविता संग्रह नै प्रकाशन गरिन् । उनका कविताहरुमा द्वन्द्वले सिर्जना गरेका आला घाउहरु समेटिएका छन् ।

हो, प्रेम र कविताजस्ता साहित्यकार बन्ने सपना बोकेका विद्यार्थीहरु थुप्रै छन् सहिद स्मृति विद्यालयमा । विगतको जनयुद्धमा आफ्ना आफन्तहरु गुमाउन पुगेका दर्जनौं बालबालिकाहरु अहिले सहिद स्मृति विद्यालयमा अध्ययन गरिरहेका छन् ।

उनीहरु विद्यालयको आँगनमा बसी विगतका ती दिन सम्झदैनन् बरु कविता र गीत रचना गर्ने सिर्जनशील कार्यमा लागिरहन्छन् ।

‘देशमा हुँदा खाने र हुने खाने वर्गको समानता कायम राख्न भनेर जनयुद्ध भयो, कक्षा १० मा अध्ययनरत सविता भन्छिन्, ‘तर नेताहरुले केही गर्न सकेनन्, देशमा सबैको समानता कायम होस् भनेर दबाब दिन भए पनि कविता लेख्ने गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *