सम्पादकमा मल्ल

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 119 Views   ||

Dilli Mallaघोराही, माघ १० । दाङबाट प्रकाशित भइरहेको नौलो जनउभार साप्ताहिकको सम्पादकको जिम्मेवारीमा सोही पत्रिकाका कार्यकारी सम्पादक डिल्ली मल्ल रहनुभएको छ । यसअघि अजयदीप शर्मा सम्पादक रहनुभएको पत्रिकाको प्रकाशक भने शर्मा नै रहनुभएको छ ।

पत्रिकाका सम्पादक रहेका मल्लले २०६३ सालदेखि यसै साप्ताहिकमा समाचारदाता, सह–सम्पादक र कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

यसैबीच पत्रिकाका प्रकाशक अजयदीप शर्माले डिल्ली मल्ललाई सम्पादकको जिम्मेवारी सुम्पिदै बधाई तथा कार्यप्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र प्राप्तीका लागि पत्रिकाले खेलेको बलिदानीपूर्ण ऐतिहासिक भूमिकालाई सम्पादक डिल्ली मल्लले गौरवपूर्ण बनाइराख्ने विश्वास लिदै प्रकाशक शर्माले आफूले सम्हालेको सम्पादकको जिम्मेवारी उत्तराधिकारीको रुपमा डिल्ली मल्ललाई सुम्पिन पाउँदा ज्यादै खुसी भएको बताउनुभयो ।

आफूले पाएको जिम्मेवारीलाई सम्पादक मल्लले निष्ठा, इमान्दारिता र ऊर्जाका साथ निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रकाशक शर्माले उहाँको नेतृत्व विकासमा आफनो सधैं सहयोग रहने वचनवद्धता पनि व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *