तुलसीपुर, माघ १० । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा कोसेली घर स्थापना गरेको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कोसेली घरको उद्घाटन गरिएको हो ।
नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कोषको आर्थिक सहयोग तथा उद्योग वाणिज्य महासंघको आयोजनामा कोसेली घरको स्थापना गरिएको हो ।
स्थानीयस्तरमा रहेका उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुलाइ बजारीकरण गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरिएको संघका अध्यक्ष विमल रिजालले जानकारी
दिनुभयो । रिजालका अनुसार करिब एक लाख ५० हजारको लागतमा स्थापना गरिएको कोसेली घरमा हस्तकलाबाट निर्माण भएका विभिन्न किसिमका सामग्रीहरु राखिएको छ ।
‘लगानीलाई बढाई कोसेली घरमा विभिन्न सामग्रीहरु थप गर्ने छौंं यसले उद्यमीहरुलाई पनि बजारीकरणको समस्या हुँदैन, अध्यक्ष रिजालले भने, ‘कोसेली घरमा बहुमुल्य पर्ने अल्लोबाट निर्माण भएका झोला, टोपी, जुत्ता, विभिन्न किसिमका गुडियाहरु, कम्बल, सल, पोते रुमाललगायतका सामग्रीहरु रहेको राखिएको छ ।
कोसेली घरमा वास वाट निर्माण गरीएका समाग्रीहरु, कैदी वन्दीहरुले निर्माण गरेका मुढा, टोपी र सजावटका सामग्रीहरु पनि राखिएको छ ।
त्यसैगरी उद्योग वाणिज्य संघले कोसेली घरमा महिला उद्यमीहरुले निर्माण गरेका अन्य घरायसी सजावटका सामग्रीहरु पनि राखेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष विमल रिजालको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत गंगामणि शर्माको प्रमुख आतिथ्यता तथा संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा तुलसीपुर उवा संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, पूर्वअध्यक्षहरु चिरञ्जीवी रिजाल, हेमन्त रिजाल, संघका सल्लाहकार सुरेश हमाल, महिला उद्यमी संघका अध्यक्ष पवित्रा धिताल, पीडित सेवा संघका अध्यक्ष टोपबहादुर महतरा, नेपाल पत्रकार महासंघ दाङका सदस्य गोपाल शर्मा भट्टराईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।