स्थायी मतदाता परिचय–पत्र दिइने

  
  प्रकाशित मितिः बुधबार, माघ १४, २०७१       | 123 Views   ||

दाङ, माघ १४ । राष्ट्रिय निर्वाचन आयोगले मतदाताका लागि स्थायी परिचय–पत्र प्रदान गर्ने भएको छ । मंगलवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी आयोगले यस्तो जानकारी गराएको हो ।

आयोगले यस बर्षेदेखि स्थायी परिचय–पत्र प्रदान गर्ने लागेकाले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने लागेको निर्वाचन कार्यालय दाङका प्रमुख गोपीलाल कँडेलले बताउनुभयो । दाङमा अझै २० हजार नागरिक मतदाता नामावली सङ्कलन गर्न छुटेको बताउँदै उहाँले नागरिकलाई सहज तरिकाले मतदाता नामावली प्रदान गर्नेका लागि माघ २० गतेदेखि चैत १३ गतेसम्म दाङका सबै गाबिस र नगरपालिकामा जान लागेको बताउनुभयो ।

जिल्लाका ६१ वटा स्थानमा सञ्चालन गर्ने लागेको नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख कँडेलले बताउनुभयो ।

उहाँका अनुसार संविधानसभाको चुनावसम्म २ लाख ४३ हजार ७ सय ३८ जना र चुनावदेखि अहिलेसम्म ७ हजार ५ सयले फोटोसहितको नामावली दर्ता गरेका छन् । प्रत्येक गाविस र नगरपालिकाका वडामा दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा मतदाता नामावली प्रकाशन, दर्ताकार्य सञ्चालन, नामावली दोहोरो परेकोलाई हटाउने, नामावलीमा त्रुटि भएको भए सच्याउने लगायतका कार्यक्रम सञ्चालन गर्ने लागेको प्रमुख कँडेलले जानकारी दिनुभयो ।

त्यस्तै, नामावलीमाथि दावी विरोध, नामसारी, मृत्यु भएकाहरुको हटाउने, बसाइ सराई भएको भए हटाउने लगायतका काम पनि गरिने उहाँले बताउनुभयो ।

निर्वाचन कार्यालयको उक्त कार्यलाई सहयोग गरिदिन निर्वाचन कार्यालय दाङका कृष्णचन्द्र रावतले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *