दाङ, माघ १४ । नेपाल पत्रकार महासंघ दाङले यस वर्षको नदीन स्मृति पत्रकारिता पुरस्कार पत्रकार लिलाधर ओलीलाई प्रदान गरेको छ । पत्रकारितामार्फत् दुुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राप्ती पोष्ट दैनिकका समाचारदाता लिलाधर ओलीलाई प्रदान गरिएको हो ।
ओलीलाई कार्यक्रममा प्रमुुख अतिथि प्रेस स्वतन्त्रता सेनानी सुुशील गौतम र स्व.नदीनका बुुवा दामोदर सुुवेदीले संयुक्तरुपमा प्रमाण–पत्रसहित पुुरस्कार प्रदान गर्नुभएको थियो । २०६७ माघ १२ गते सवारी दुुर्घटनामा परी ज्यान गुुमाएका घोराही–४ चौघेरा निवासी स्व.नदीन सुुवेदीको घोराहीमा आयोजित चौथो स्मृति दिवसमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुुख अतिथि प्रेस स्वतन्त्रता सेनानी सुुशील गौतमले सवारी दुुर्घटनामा एक अर्कालाई दोष दिएर पञ्छनुुभन्दा सबै गम्भीर भएर आ–आफ्नो जिम्मेवारी व्यावहारिकरुपमा कार्यान्वयन गर्ने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुुभयो ।
प्रमुख अतिथि गौतमले विशेष गरी सडक दुुर्घटना सडक संरचना, सवारी साधनको अवस्था, सवारी चालक र सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उनीहरुले यी सबै पक्षको जिम्मेवारीबोध गरेमात्र दुर्घटना कम गर्न सकिने बतानुभयो ।
कार्यक्रममा स्व.नदीन सुवेदीका बुवा दामोदर सुुवेदीले सडक दुुर्घटना जुुनसुकै समयमा जुन व्यक्ति पनि पर्न सक्ने उल्लेख गर्दै यसलाई कम गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुुदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुुख वीरबहादुुर थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, क्रान्तिकारी पत्रकार संघ दाडका अध्यक्ष नरेन्द्र केसी, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रेस युुनियन दाङका अध्यक्ष सुुशील बस्नेत, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल क्रान्तिकारी पत्रकार महासंघ दाङका सचिव प्रकाश चौधरीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महासंघ दाङका सदस्य सुुनिता चौधरीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन महासंघका सह–सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।
निस्क्रिय सदस्यहरुलाई सदस्यता त्याग गर्न आग्रह
यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखा तथा जिल्लास्थित सञ्चार संगठनका प्रमुख तथा प्रतिनिधिहरुले निस्क्रिय रहेका पत्रकार महासंघका साधारण सदस्यहरुलाई स्वेच्छिकरुपमा सदस्यता त्याग गर्न आह्वान गरेका छन् ।
महासंघको अगुवाईमा सबै सञ्चार संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको शुद्धिकरण अभियानलाई जिल्ला लागू गर्नका लागि निस्क्रिय सदस्यहरुले आफै सदस्यता त्याग गरिदिन आग्रह गरेका हुन् ।
महासंघले स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिताको परिकल्पना गर्दै गैरपत्रकारहरुलाई बिदा गर्ने अभियान शुरु गरेको छ ।