घोराही नगरपालिकाले मनायो ३७ औं स्थापना दिवस

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 143 Views   ||

दाङ, माघ २० । घोराही नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो ३७ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान एवं पुुरस्कृत गरेको छ ।

स्थापना दिवसको अवसरमा यस वर्ष ज्येष्ठ नागरिकको रुपमा पुुरुषतर्फ घोराही–४ का ८६ वर्षीय नुुमबहादुुर केसी र महिलातर्फ घोराही–२ की ९० वर्षीया सोममती चौधरीलाई सम्मान गरेको छ ।

त्यस्तै नगरपालिकाको समग्र विकास र नगरपालिकाले गरेको गतिविधिहरु पत्रकारिता माध्यमबाट आम नगरबासीहरुसम्म पुु¥याउनुुका साथै नगरवासीहरुलाई सुसूचित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नयाँ युुगबोध दैनिकका उदय बीसी र गोरक्ष दैनिकका इन्द्रविवश डिसीलाई सम्मान एवं पुुरस्कृत गरेको छ ।

त्यसैगरी नगरपालिका क्षेत्रको सरसफाइमा प्रथम हुने उन्नति टोल विकास संस्था, द्वितीय हुने लालीगुराँस टोल विकास संस्था, तृतीय हुने खरकट्टी टोल विकास संस्था र सान्त्वना हुने आनन्द नगर टोल विकास संस्थालाई पुुरस्कृत गरिएको थियो भने घोराही नगरपालिकाका कर्मचारी शान्ति वली, उत्कृष्ट करदाता धुवकुमार श्रेष्ठ, उत्कृष्ट वित्तीय संस्था कृषि सामग्री संस्था, करदाता ओविन्द्रबहादुर महरालाई सम्मान गरिएको छ ।

त्यस्तै नगरपालिका क्षेत्रभित्रको सडक निर्माणमा उत्कृष्ट भएकोमा मौलाकोट सडक उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर घर्ती र भूकम्प प्रतिरोधी घर निर्माण गर्ने कृष्ण घर्तीलाई कदर–पत्रले सम्मान गरिएको छ ।

त्यस्तै सामुदायिक विद्यालयबाट २०७१ सालको एसएलसीमा जिल्ला प्रथम हुुने पद्योदय पव्लिक उमावि भरतपुरका छात्रा संगीता पोख्रेल, सोही विद्यालयकै विवेक नेपाली, सरस्वती माविका जनार्दन आचार्य र शुुभप्रभात माविका विनिता सुनारलाई पनि सम्मान एवं पुुरस्कृत गरिएको थियो । दिवसको अवसरमा सम्मानित एवं पुुरस्कृत व्यक्ति तथा संघसंस्थाहरुलाई कार्यक्रमका प्रमुुख अतिथि प्रमुुख जिल्ला अधिकारी परशुुराम अर्याल, नगरपालिकाका कार्यकारी अधिकृत तुुफानसिंह केसी र अन्य अतिथिहरुले पुुरस्कार एवं कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुुभकामना व्यक्त गरेका थिए । नगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत सुबोध रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *