साङ्गीतिक रमझम र नृत्य कलाको सोखले उनी कलाकारितामा प्रवेश गरिन् । पा“च बर्ष पहिले चितवनका विभिन्न स्थानीय स्टेजमा नृत्य प्रस्तुत गर्दा उनको मन चङ्गा हुन्थ्यो । लाग्थ्यो– उनलाई कलाकारिता तथा नृत्य पेशा मेरो जीवनको अभिष्ट लक्ष्य हो । आज उनी त्यो आफ्नो अभिष्ट लक्ष्य पूरा भएको अनुभूत गर्दैछिन् ।
ती हुन् नेपाली कला क्षेत्रकी चर्चित मोडल तथा डान्सर शालु गौतम । शालु यतिबेला बेली डान्सका माध्यमबाट आफ्ना दर्शकहरु मनोरञ्जन दिइरहेकी छिन् । बुवा बासुदेव गौतम र आमा राधा गौतमको ममतामयी कोखबाट २५ बर्ष पहिले तनहु“को दुलेगौंडामा जन्मिएकी शालुको बाल्यकाल तनहुँको सुन्दर भूमिमै बित्यो ।
मान्छेका रुचि तथा चाहनाहरु धेरै हुन्छन् । तिनै रुचि र चाहनाले डो¥याउँदै लगेर मानिसलाई सम्बन्धित क्षेत्रमा स्थापित बनाइदिन सक्छ । सानैदेखिको चाहनाले एकदिन मूर्तरुप लिइदिदा त्यही नै जीवनको पेशा र व्यवसाय बन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेकी छिन् गायिका, मोडल र डान्सरको परिचय बनाइसकेकी शालु । गायिकाभन्दा बढी मोडलिङ र मोडलिङभन्दा बढी डान्समा उनी सिद्धहस्त छिन् । आजभोलि युरोपेली मुलुकहरुमा नृत्य प्रशिक्षण गरिरहेकी छिन् शालु ।
सानैदेखि नाचगान भन्नेबित्तिकै हुरुक्क हुने शालु स्थानीयस्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नो बेजोड प्रतिभा प्रस्तुत गरेर सम्मानित तथा पुरस्कृत हुने गर्दथिन् ।
उच्च शिक्षा हासिल गर्न नेपाल छाडेर सिंगापुरतिर हानिएकी शालुले सिंगापुर र लन्डनबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । सानैदेखि सांगीतिक परिवेशमा हुर्केकी शालु आजभोलि आफ्नो नसा–नसामा सङ्गीत दौडिरहेको अनुभूति गर्छिन् ।
स्नातकोत्तर तहको पढाइ पूरा गर्न क्यानडा जाने तयारी गरेकी शालुले आफ्नो नृत्यकला देखाउन आजभोलि नेपालका शहरहरुमा भ्याइनभ्याई छ।
यसैबीच कार्यक्रमको सिलसिलामा सोमबार घोराही आइपुगेकी डान्सर शालु गौतमलाई उत्सर्ग फिल्मस प्रा.लि.ले एक कार्यक्रमका बीच अभिनन्दन गरेको छ । कार्यक्रममा प्रा.लि.का प्रबन्ध निर्देशक के.एल. पीडित, कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद्व डा. गोविन्द आचार्य, प्रा.लि.का सल्लाहकार महेन्द्र बुढाथोकीलगायतले गौतमलाई अभिनन्दन गर्नुभएको हो ।
प्रस्तुति : केशरमान बिसी