कमरेड पवनसँग बिताएका यादगार क्षणहरु

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 152 Views   ||

Hiramani Dukhi– हिरामणि दुःखी

०५३ को माघ महिना थियो । गते भने मलाई याद भएन । तात्कालिक अखिल नेपाल जनसांस्कृतिक सङ्घ र त्यस मातहतको मिर्मिरे सांस्कृतिक परिवार, दाङको पुनर्गठन गर्नु थियो । त्यो कार्यक्रम देउखुरीको सुनडबरीस्थित खगेश्वर आचार्यको घरमा राखिएको थियो । जनयुद्ध सुरु भएदेखि करिब निष्कृय रहेको सङ्गठन र परिवारलाई ब्यूँझाएर गतिविधि सञ्चालन गर्नु थियो । त्यो भेलाले पुनः मेरै अध्यक्षतामा जनसांस्कृतिक सङ्घ र मिर्मिरे परिवारको पुनर्गठन गरेको थियो । र, त्यस कमिटीमा कमरेड कमल पुन पनि सदस्यको रूपमा रहनुभएको थियो । त्यतिबेलादेखि कमलसँग मेरो एउटै सङ्गठनमा सहकार्य सुरु भएको थियो । उहाँ विद्यार्थी संगठनमा र म तुलसीपुर क्षेत्रको पार्टी एरिया सेक्रेटरीको भूमिकामा थियौं ।

जनयुद्धको चढ्दो क्रम, सरकारी पक्षको दमन अभियानले निकै ठूलो बैंस काढ्दै थियो । त्यस्तो बेला खुल्लारूपमा जवसका काम गर्नुपर्ने र भूमिगतरूपमा पार्टीको कार्यभार सम्हाल्नुपर्ने चुनौती निकै जोखिमपूर्ण थियो । जस्तोसुकै जोखिम मोलेर भए पनि जनसांस्कृतिक सङ्घको नामबाट जिल्लाव्यापी साहित्यिक गतिविधिमा हामी संलग्न रहन्थ्यौं भने मिर्मिरेको टोलीमार्फत् सांस्कृतिक गतिविधि सञ्चालन गर्दथ्यौं ।

कमलले गीतहरूमा संगीत भर्ने र हामी दुबैले गाउने गथ्र्यौं । उहाँले मादल र गिटार पनि बजाउने गर्नुहुन्थ्यो । मैले जानी नजानी नृत्यको निर्देशन गर्थें । त्यतिबेला मिर्मिरे परिवार फूलटाइमर थिएन । संगठन स्थायी र कलाकार अस्थायी थिए । जिल्लाभरिका प्रतिभाहरूलाई जम्मा पारेर विशेष अभियानहरू चलाउँथ्यौं र अभियान सकेर बिकेन्द्रित गथ्र्यौं । अहिलेको जस्तो तालिम गर्ने, नाचहरू कम्पोज गर्ने, थुपै्र बाजागाजाहरू बजाउने केही पनि हुँदैनथ्यो । कमल र मैले अलि–अलि जानेको कुरा सिकाउँथ्यौं र दुई–तीन जना भाइबैनीहरूलाई नचाउँथ्यौं । बढीजसो स्टेज गीतहरू, प्रहसन र नाटकहरू हाम्रा प्रस्तुति हुन्थे । यसरी कमलसँग साहित्यिक सांगीतिक कार्यक्रमहरू चलाएर दाङ जिल्लामा जनयुद्धको विकास गर्न र संगठन विस्तार गर्ने वातावरणमा हामीले सानोतिनो भूमिका निर्वाह गर्ने गरेका थियौं ।

कमललाई मैले पहिला पनि चिन्दथें । जब उहाँ रोल्पाबाट दाङ क्याम्पसमा अध्ययन गर्न आउनुभएको थियो, त्यतिबेला मैले कमरेड पासाङको भाइको रूपमा चिनेको थिएँ । विद्यार्थी हुँदैखेरि सञ्चारको काम पनि गर्नुहुन्थ्यो । दाङको जिल्ला पार्टीबाट चिठीपत्र र सर्कुलरहरू लिएर मेरो एरियामा आउने र मेरो एरियाबाट पत्रहरू लिएर पार्टी एचक्यूमा जाने हुनाले पनि हाम्रो भेटघाट भई नै रहन्थ्यो । पछि उहाँ पनि खुला रूपमा क्याम्पस जाने वातावरण बन्द भयो । त्यसपछि ०५४ सालको मंसिरदेखि एसिएम बनाएर मैले पश्चिम दाङको एरियामा लिएर गएँ । जतिबेला म पनि भूमिगत भएर एरिया इञ्चार्ज भइसकेको थिएँ । लामो समयसम्म उहाँ मेरै एरियामा मसँग सहकार्य गर्नुभयो । त्यतिबेला पनि जनसांस्कृतिक सङ्घ र मिर्मिरे परिवारलाई साथै चलायौं । एरियामा पनि एसिएमहरू र डब्ल्यूटी कार्यकर्ताहरूलाई मिलाएर छुट्टै कलाकार गठन ग¥यौं । यसरी हामीले सांस्कृतिक मोर्चा र पार्टी संगठनहरूलाई साथसाथै सञ्चालन गर्ने गर्दथ्यौं ।

कमरेड पवन अत्यन्तै सोझो, सरल र मिलनसार मिजासको व्यक्ति हुनुहुन्थ्यो । वास्तवमा दाङमा जनयुद्धको विकास गर्नमा युवाहरूको ठूलो भूमिका छ । जनयुद्धको चढ्दो क्रममा सरकारी पक्षको दमन अभियानले छाडा छोडिएको साँढेको रूप लिइसकेको थियो । पहिला–पहिला सरकारी पक्षले रोल्पा र रुकुममा दमनलाई तीव्र पारेको थियो । उसले ठानेको थियो कि रोल्पा, रुकुममा माओवादीलाई समाप्त पारेपछि टण्टै खलास हुन्छ । त्यसैले ती क्षेत्रमा किलो शेरा अप्रेशन चलाएको थियो । यता पार्टीले मुख्य क्षेत्रको सुरक्षाका लागि विस्तारको क्षेत्रमा आन्दोलनको गति तीब्र पार्ने योजना ल्याएको थियो । त्यो योजना दाङमा पनि लागू गर्नुपर्ने थियो । विडम्वना के भइदियो भने दाङका पुरानो पुस्ताका अधिकांश नेताहरूको भागदौड मच्चियो । तत्कालीन सेक्रेटरी कमरेड जनार्दन शर्मा ‘प्रभाकर’ले माथिबाट दाङमा क्याम्पस पढ्न आएका र दाङकै एक कदका हुर्हुराउँदा युवाहरू डायमण्ड, विमल, रोहित, माधव घिमिरे, प्रदीप, सुवास, विजय, सागर, विकास, ब्राइन, सरल आदि र रोल्पा रुकुमबाट उच्च शिक्षा अध्ययन गर्न झरेका जोदाहा युवाहरू कमल, डिकम, अर्जुन आदिलाई संगठित गर्नुभयो र लौ अब दाङमा क्रान्ति गर्ने हो भने तिमीहरूकै भर र विश्वास छ भनेर अघि बढाउनु भयो । अन्ततः यही पुस्ताले दाङमा जनयुद्धको विकासमा महत्वपूर्ण भूमिका खेल्यो पनि । यही क्रममा कमरेड कमल पुन ‘पवन’ पनि पढाइ छोडेर पूर्णकालीन हुँदै क्रान्तिको लम्बेयात्रामा होमिनुभयो ।

पवनले पार्टी र नेतृत्वको आदेशलाई अत्यन्तै जिम्मेवारीबोधका साथ पालना गर्नुहुन्थ्यो । जस्तोसुकै जोखिम मोल्न पनि तयार हुने, जुनसुकै काम पनि पूरा गरेर र त्यसको सकारात्मक परिणाम लिएर मात्रै पार्टी एचक्यूमा फर्कनुहुन्थ्यो । अध्ययन र लेखनमा पनि निकै चासो दिएर आपूmलाई क्रियाशील बनाउनुहुन्थ्यो । त्यतिबेला एरियाका नेतृत्वहरू एक्लै हिंडडुल नगर्ने पार्टीको निर्देशन थियो । त्यसैले पवनले मलाई सर म तपाईंसँगै हिड्ने मिलाउनुहोला भनेर आग्रह गर्नुहुन्थ्यो । उहाँको चाहना के थियो भने मसँग हिडेपछि वैचारिक स्तरको विकास गर्न सजिलो हुन्छ भन्ने थियो । त्यतिबेला एरिया इञ्चार्जहरूले आ–आफ्ना एरियाहरूमा सैद्धान्तिक वैचारिक पार्टी स्कुल चलाउनेदेखि पार्टी र विभिन्न जवस मोर्चाहरूका सेल र इकाई गठन गर्नेसम्मको कार्य पनि गर्नु पर्दथ्यो । अहिलेको जस्तो ‘सासुले बुहारीलाई अह«ाउने, बुहारीले कुकुरलाई अह«ाउने र कुकुरले पुच्छर डोलाउने’ स्थिति हुदैनथ्यो । सानो भन्दा सानो कामदेखि ठूलठूलो काम सबै नेता कार्यकर्ताले गर्नुपर्दथ्यो ।

त्यतिबेला नेता र कार्यकर्ताबीच व्यावहारिक रूपमा कुनै भेद छुट्टिदैनथ्यो । छुट्टिन्थ्यो त केवल योजना निर्माण गर्ने, सङ्घर्षको नेतृत्व गर्ने र समग्र योजनासँग कार्यकर्ताहरूको बिन्यास गर्ने कलामा मात्र । खानपीन, आचार विचार, व्यवहार, बसउठ, रहनसहन आदिजस्ता कुराहरूमा सबै समान हुन्थे । यसरी एउटा सर्वहारा आदर्श निर्माण गर्ने कुरामा कमरेड पवनले पनि नेतृत्वलाई अत्यन्तै हार्दिकतापूर्वक सहयोग गर्नुहुन्थ्यो । दाङको पूर्वदेखि पश्चिमसम्मका एरियाहरूमा कमरेड पवनसँग सहकार्य गर्दा उहाँलाई अत्यन्तै सहज र सरल व्यक्तिको रूपमा मैले पाएको छु । संगठन बनाउँदा होस् वा कुनै औपचारिक कार्यक्रम चलाउँदा होस् हाम्रा बीचमा धेरै छलफल हुने गर्दथ्यो । उहाँसँग सधैं सुखदरूपमा नै दिनहरू बित्दथे ।

पवनलाई मैले चिन्दा उहाँ एक जुझारु विद्यार्थी नेता, जनप्रिय कलाकार र कुशल युवा नेतृत्वको रूपमा विकास गर्नसक्ने क्षमता भएको कार्यकर्ताको रूपमा बुझ्दथें । पवनले वास्तवमा पार्टीले जुन जिम्मा दियो त्यो जिम्मेवारी पूरा गर्न प्रतिबद्धतापूर्वक लाग्नुहुन्थ्यो । त्यसैले उहाँले विद्यार्थीको दाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका सफलतापूर्वक पूरा गर्नुभयो । त्यसैगरी सांस्कृतिक योद्धाको रूपमा पनि उहाँ क्रियाशील हुनुहुन्थ्यो ।

०५७ पछि तत्कालीन जनसांस्कृतिक संघको दाङ जिल्लाको अध्यक्ष र मिर्मिरे परिवारको संयोजक भएर पनि सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्ने अधिकतम प्रयास गर्नुभयो । दाङमा सांस्कृतिक आन्दोलनलाई माथि उठाउनमा पनि उहाँको योगदान कम महत्वको छैन ।

दाङको क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई माथि उठाउने भूमिका अक्सर गरेर रोल्पा, रुकुम र प्यूठानबाट उच्च शिक्षा अध्ययन गर्न आउनेहरूबाटै हुने गरेको छ । विशेषतः यो प्रकृया जनयुद्धको मध्यकालसम्म रह्यो । त्यसपछि मात्र दाङकै नेतृत्व विकास भएको हो । पवनले पनि रोल्पाबाट दाङमा अध्ययन गर्ने क्रममा दाङको विद्यार्थी आन्दोलनमा जोडिएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । र, त्यहींबाटै जनयुद्धको रापिलो भट्टिमा पूर्णकालीन भएर होमिनुभयो पनि । विभिन्न जवस र मोर्चाहरूको जिम्मेवारी सम्हाल्दै आउनुभएका कमरेड पवनको पछिल्लो क्रममा जिम्मेवारी परिवर्तन भयो र स्वास्थ्य एवम् सञ्चारपोष्टमा जिम्मा प¥यो । त्यही क्रममा जनयुद्धका घाइतेहरूलाई उपचार गराउन भारत जाने क्रममा भारतीय पुलिसले घाइते बिरामीहरुसहित उहाँलाई भारत–नेपालको सीमाक्षेत्रबाट गिरफ्तार गरी नेपाल सुपुर्दगी ग¥यो । नेपालगञ्जमा हिरासतभित्रै कुटीकुटी चरम यातना दिएर उहाँको हत्या गरी गुमनाम पारियो । यसरी रोल्पाबाट दङाली भूमिमा आएर राजनीतिमा सक्रिय रहेका एउटा कुशल र असल नक्षेत्रको सहादत भयो । र, नेपाली क्रान्तिमा अपूरणीय क्षति हुन गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *