समाजसेवी यज्ञबहादुरको स्मृतिग्रन्थ लोकार्पण

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 141 Views   ||

दाङ, माघ २० । समाजसेवी स्वर्गीय यज्ञबहादुर बुढाथोकीको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । बुढाथोकीको वार्षिकीको अवसर पारेर मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उक्त स्मृतिग्रन्थको लोकार्पण गरिएको हो । स्मृतिग्रन्थको लोकार्पण कार्यक्रमका प्रमुुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलदेव मजगैयाँले गर्नुभएको थियो ।

लोकार्पण कार्यक्रममा बोल्ने वक्ताहरुले स्वं बुढाथोकी समाजसेवी, शिक्षापे्रमी र कुशल राजनीतिककर्मी रहेको चर्चा गर्दै उहाँले आफ्नो जीवनकालमा यी क्षेत्रहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

कार्यक्रमका प्रमुुख अतिथि पूर्वमन्त्री मजगैयाँले स्व. बुुढाथोकीले आफ्नो व्यक्तिगत जीवनसँगै समाजलाई माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उहाँको योगदानलाई सबैले कदर गर्नुपर्ने बताउनुुभयो ।

विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले स्व. बुढाथोकीले सामाजिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै व्यक्ति मरेपछि गरिने प्रशंसाभन्दा उसकै जीवनकालमा गर्नसके राम्रो हुने बताउनुभयो ।

स्व. बुुढाथोकीकी धर्मपत्नी विजया बुुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सभासदहरु राजुु खनाल, बुुद्धिराम भण्डारी, अनिता देवकोटा, नेपाली काग्रेस दाङका सभापति घनश्याम रेग्मी, काग्रेस सल्यानका पूर्वसभापति धु्रवराज पुुरी, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुुफानसिंह केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुुदीप गौतम, घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुुर डिसी, परिवार नियोजन संघका सभापति बद्री खड्का, त्रिभुुवननगर जेसीजका अध्यक्ष विमल श्रेष्ठ, दाङ महिला जेसीजका अध्यक्ष विमला देवकोटालगायतले स्वर्गीय बुुढाथोकीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा स्मृतिग्रन्थका सम्पादक उत्तमकृष्ण मजगैयाँले प्रकाशित स्मृतिग्रन्थको बारेमा जानकारी गराउनुुभएको थियो ।

कार्यक्रममा स्व. बुुढाथोकीका धर्मपत्नी, छोरा मनोज बुुढाथोकीलगायतले कार्यक्रमका प्रमुख अतिथि अतिथिलगायतलाई मायाको चिनो प्रदान गर्नुुभएको थियो । कार्यक्रमको सञ्चालन स्मृतिग्रन्थ प्रकाशन समितिका सदस्य नित्यानन्द शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *